७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अतिक्रमित सरकारी जग्गा फिर्ता ल्याउन गृह आक्रामक, दैनिक रिपोर्टिङ गर्न निर्देशन

अ+ अ-

काठमाडौँ । व्यक्ति वा संस्थाले गैरकानूनी रूपमा अतिक्रमण गरेको सरकारी तथा सार्वजनिक जग्गा फिर्ता ल्याउन गृह मन्त्रालय आक्रामक रूपमा लागेको छ ।

शुक्रबार मन्त्रालयले अतिक्रमण गरिएका सरकारी तथा सार्वजनिक जग्गा साबिककै अवस्थामा फिर्ता ल्याउन भएका काम कारबाहीको प्रतिवेदन दैनिक रूपमा मन्त्रालयमा पठाउन देशभरका जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ । यस अघि सरकारी तथा सार्वजनिक जग्गा अतिक्रमण भएको वा अनधिकृत रूपमा उपभोग गरेको पाइएमा साबिककै अवस्थामा फर्काई दोषी उपर कानून बमोजिम कारबाही गर्न भनेको मन्त्रालयले पछिल्लो समय प्रशासन कार्यालयहरूलाई दैनिक रिपोर्टिङ गर्न भनेको हो ।

नेपाल प्रहरी प्रधान कार्यालय र सशस्त्र प्रहरी बल नेपाललाई बोधार्थ गर्दै गृहले लेखेको पत्रमा भनिएको छ, ‘व्यक्ति वा संस्थाले गैर कानूनी रूपमा दर्ता वा उपभोग गरेको (अतिक्रमण भएको) सरकारी तथा सार्वजनिक सम्पत्ति तथा जग्गा साबिककै अवस्थामा ल्याउन गरिएका काम कारबाही थप प्रभावकारी बनाई अतिक्रमण भएको सरकारी तथा सार्वजनिक जग्गाको विवरण, त्यसरी अतिक्रमण गर्ने व्यक्ति वा संस्थाको नाम ठेगाना, त्यस्तो जग्गा वा सरकारी सम्पत्ति साबिककै अवस्थामा फिर्ता ल्याउन गरिएका काम कारबाही र फिर्ता ल्याएको जग्गा तथा जुनसुकै प्रकारको सम्पत्तिको परिमाण सहितको प्रतिवेदन दैनिक रूपमा मन्त्रालयमा पठाउनु हुन निर्णयानुसार अनुरोध छ ।’ गृहले मुलुकी अपराध संहिता, २०७४ तथा स्थानीय प्रशासन ऐन, २०२८ को कार्यान्वयन गरी सरकारी तथा सार्वजनिक जग्गा एवं सम्पत्तिको लगत संकलन गर्ने, अभिलेख राख्ने र त्यस्तो सरकारी वा सार्वजनिक जग्गा तथा सम्पत्ति अतिक्रमण भएको वा अनधिकृत रूपमा उपभोग गरे भएको पाइएमा साबिककै अवस्थामा फर्काई दोषी उपर कानून बमोजिम कारबाही गर्न गराउन सम्बन्धित निकायसँग समन्वय गरी कार्य गर्न भनेको छ ।

मुलुकी अपराध संहिता २०७४ को दफा १४७ र १४८ मा सरकारी तथा सार्वजनिक र संघ-संस्थाको नामको जग्गा कुनै किसिमले कब्जा, आवाद वा अतिक्रमण गर्न नहुने र अतिक्रमण वा कब्जा गरेमा त्यस्तो अपराध गर्ने व्यक्तिलाई कानून बमोजिम जरिवाना र सजाय हुने तथा त्यसरी दर्ता वा नामसारी भइसकेको दर्ता समेत स्वतः बदर हुने व्यवस्था रहेको गृहले स्मरण गराएको छ । स्थानीय प्रशासन ऐन, २०२८ को दफा १० (क) मा प्रमुख जिल्ला अधिकारीले सार्वजनिक जग्गा पार्टी, पौवा, सत्तल, पार्क, पोखरी, कुवा, गौचर आदिको लगत राख्ने नेपाल सरकारको पूर्व स्वीकृति नलिई कसैलाई आवाद गर्न वा आवाद गर्न अनुमति दिन नदिने यदि कसैले त्यस्तो सरकारी वा सार्वजनिक सम्पत्ति दर्ता गराएको भएमा दर्ता बदर हुने र त्यसमा हदम्याद समेत नलाग्ने व्यवस्था रहेको गृहको पत्रमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस