काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक जना महिला सुनसहित पक्राउ परेकी छन्।
शुक्रबार दिउँसो थाई एयरमार्फत् काठमाडौँ आएकी भारतीय नागरिकबाट ८५० ग्राम सुन बरामद भएको हो।
सहिना पर्विनलाई पक्राउ गरिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ ।