काठमाडौँ । बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा अदालतले धरौटीमा रिहा गर्न आदेश दिए पनि नबुझाएका कारण दिपेश पुन थुनामा गएका छन् ।
रुपन्देही जिल्ला अदालतले शुक्रबार पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेशलाई ४ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो । तर उनले तोकिएको धरौटी नबुझाएपछि थुनामा गएको रुपन्देही प्रहरीले बताएको छ ।
त्यसैगरी अहिलेसम्म धरौटी नबुझाएका कारण नवीन अछामी पनि थुनामा गएका छन् ।
न्यायाधीश डा. श्रीप्रकाश उप्रेतीको इजलासले सहकारीका अध्यक्ष ओमप्रकाश गुरुङलाई थुनामा पठाउने आदेश दिएको छ ।