११ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

युक्रेन वास्तविक सहयोगी हो भनेर नाटोले व्यवहार गर्नुपर्छ : राष्ट्रपति जेलेन्स्की

अ+ अ-

किएभ । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आफ्नो सङ्घर्षरत सेनालाई सहयोग गर्न हतियार आपूर्तिमा तीव्रता दिएर उत्तर एटलान्टिक सन्धि सङ्गठन (नाटो) ले युक्रेनको साँच्चिकै सहयोगी हो कि होइन भन्ने छनौट गर्नुपर्ने बताएका छन् । 

नेटोका रक्षामन्त्रीहरूसँगको भिडियो कन्फरेन्समा जेलेन्स्कीले भने, “हाम्रो आकाश फेरि सुरक्षित हुनुपर्छ ।

यो पूर्ण रूपमा तपाईंको छनौटमा निर्भर गर्दछ । जीवन वास्तवमा सबै ठाउँमा समान मूल्यवान् छ कि छैन छनौट गर्नुहोस् । तपाईंसँग सबै साझेदारहरूको समान मनोवृत्ति छ कि छैन छनौट गर्नुहोस् । हामी वास्तवमै सहयोगी हौं कि होइनौं भन्ने निर्णय गर्नुहोस् ।” 

जेलेन्स्कीले जमिन र हावाबाट रुसी आक्रमण रोक्न सक्ने आफ्नो सेनाको क्षमताको निराशाजनक तस्बिर प्रस्तुत गर्दै युक्रेनले पश्चिमी सहयोगबिना आफ्नो प्रतिरक्षा गर्न नसक्ने बताए । 

उनले भने, “यो स्पष्ट छ रुससँग हवाई आक्रमणका लागि शक्ति छ । यसको आक्रमण अब ड्रोन र रकेटमा निर्भर हुन सक्छ, दुर्भाग्यवश, जमिनमा हाम्रो क्षमता सीमित छ ।” 

जेलेन्स्कीले अमेरिकी तल्लो सदन ‘हाउस अफ रिप्रेजेन्टेटिभ्स’मा ६१ अर्ब अमेरिकी डलरको सैन्य सहायता प्याकेजलाई खोलिदिने वा नखोलिदिने भन्ने विषयमा शनिबार भएको मतदानलाई ‘अत्यन्त महत्त्वपूर्ण निर्णय’ भने । 

रिपब्लिकन पार्टीमा देखिएको राजनीतिक विवादका कारण गत वर्षदेखि नै सहायता वितरणमा ढिलाइ भइरहेको छ ।

रुसी हवाई आक्रमणका कारण दर्जनौँको मृत्यु हुनुका साथै घाइते भएपछि युक्रेनी नेताले युक्रेनी शहरहरूको सुरक्षा गर्न र जीवन बचाउन किएभलाई थप हवाई प्रतिरक्षा प्रणालीको आवश्यकता रहेको बताए। 

जेलेन्स्कीले नेटो–युक्रेन परिषद्को बैठकमा भने, “रक्षा गर्न, हामीलाई थप सात ‘प्याट्रियट्स’ वा यस्तै हवाई रक्षा प्रणाली चाहिन्छ र यो न्यूनतम सङ्ख्या हो । ती हतियारले धेरै युक्रेनी जीवन बचाउन सक्छन् र वास्तवमा स्थिति परिवर्तन गर्न सक्छन् ।” 

उनले थपे, “यो वर्ष हामी निर्णयको प्रतीक्षा गर्न सक्दैनौं ।” युक्रेन रुसी आक्रमण रोक्न पश्चिमी, मुख्यतया अमेरिकी सैन्य समर्थनमा निर्भर छ ।

प्रतिक्रिया दिनुहोस