८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

चेन्नईमाथि लखनउको सहज जित 

अ+ अ-

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल)मा कप्तान केएल राहुल र क्विन्टन डि ककको अर्धशतकसँगै लखनउ सुपर जायन्ट्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ । 

शुक्रबार राती सम्पन्न खेलमा लखनउले चेन्नईलाई ८ विकेटले पराजित गरेको हो । चेन्नईले दिएको १७७ रनको लक्ष्य पछ्याएको लखनउले अन्तिम ओभरअघि नै २ विकेट गुमाएर १८० रन बनायो । 

लखनउका कप्तान राहुलले सर्वाधिक ८२ रन बनाए। ५३ बल खेलेका उनले ९ चौका र ३ छक्का प्रहार गरे । 

डि ककले ४३ बलमा ५ चौका र १ छक्कासहित ५४ रन बनाए। राहुल र डि ककबीच पहिलो विकेटका लागि १३४ रनको विशाल साझेदारी भएको थियो।निकोलस पूरन २३ र मार्कस स्टोइनिस ८ रनमा अविजित रहे । चेन्नईका मुस्ताफिजुर रहमान र मथिहा पाथिरानाले १/१ विकेट लिए।

त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको चेन्नईले महेन्द्रसिंह धोनीको आक्रामक ब्याटिङसँगै निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १७६ रन बनाएको थियो ।

चेन्नईका लागि धोनीले ९ बलमा ३ चौका र २ छक्कासहित २८ रनको आक्रामक इनिङ्स खेले। अन्तिम ओभरमा मात्रै धोनीले २ चौका र १ छक्कासहित १९ रन बनाएका थिए । 

अजिंक्य रहाणे ३६, मोइन अली ३० र कप्तान ऋतुराज गायकवाड १६ रनमा आउट हुँदा रविन्द्र जडेजा ५७ रनमा अविजित रहे । 

लखनउका कृणाल पाण्ड्याले सर्वाधिक २ विकेट लिए। मोहसिन खान, यश ठाकुर, रवि बिश्वोई र मार्कस स्टोइनिसको नाममा १/१ विकेट रह्यो । 

जितसँगै लखनउ पाँचौँ स्थानमा उक्लिएको छ । लखनउले ७ खेलबाट ८ अंक जोडेको छ । समान खेल र अंक रहेको चेन्नई तेस्रो स्थानमा रहेको छ । 

प्रतिक्रिया दिनुहोस