७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बनेपामा यातायात व्यवस्था कार्यालय स्थापना हुने

अ+ अ-

धुलिखेल । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–६ बडोलस्थित नगरपालिकाको स्वामित्वमा रहेको बुडोल सपिङ कम्प्लेक्समा यातायात व्यवस्था कार्यालय स्थापना हुने भएको छ ।

श्रम, रोजगार तथा यातायात मन्त्रालय बागमती प्रदेश र बनेपा नगरपालिकाबीच शुक्रबार उक्त भवनमा यातायात व्यवस्था कार्यालय स्थापना गर्ने सम्झौता भएको हो ।

त्यस अवसरमा श्रम, रोजगार तथा यातायातमन्त्री लक्ष्मण लम्सालले सेवाग्राहीको सहजताका निम्ति बनेपामा कार्यालय स्थापना गर्ने निर्णय भएको बताए । “अब यहाँ स्थापना हुने कार्यालयले काभ्रेका मात्र नभएर सिन्धुपाल्चोक, रामेछाप, दोलखा र सिन्धुलीका सेवाग्राहीलाई सहज हुनेछ,” उनले भने। आगामी एक महिनाभित्रमा उक्त भवनबाट सेवा सञ्चालन हुने जानकारी उनले दिए ।

बनेपा नगरपालिकाका प्रमुख शान्तिरत्न शाक्यले कार्यालय स्थापना भएपछि यातायातका साधनको चाप बढेको बनेपा र आसपासका स्थानबाट काठमाडौँ जानुपर्ने बाध्यता हट्ने उनले बताए । काठमाडौं प्रदेशद्वारको रूपमा परिचित बनेपामा यातायात कार्यालय स्थापना हुनु सेवाग्राहीका निम्ति खुसीको कुरा भएको बताए ।

मन्त्रालय र नगरपालिकाबीच भएको सम्झौताअनुसार सपिङ कम्प्लेक्सको दुई तला नगरपालिकाले १० वर्षसम्म निःशुल्क उपलब्ध गराउनेछ ।

प्रतिक्रिया दिनुहोस