८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बूढानीलकण्ठलाई विश्वसम्पदा सूचीमा पार्न जोड

अ+ अ-

काठमाडौँ । सांस्कृतिक महत्वको बूढानीलकण्ठ क्षेत्रलाई विश्वसम्पदा  सूचीमा समावेशको प्रयास गर्न जोड दिइएको छ । कपन साहित्य समाज, बूढानीलकण्ठ–१० (कसास) ले आज यहाँ  आयोजना गरेको ‘नववर्ष २०८१ को शुभकामना आदानप्रदान एवं कविता भित्तेपात्रो  लोकार्पण समारोह’ मा साहित्यकारलगायत सबै संस्कृतिकर्मी र नगरपालिकालगायत सङ्घसंस्थालाई उक्त  ऐतिहासिकस्थलको अध्ययन – अनुसन्धान गरी विस्तृत दस्ताबेज तयार पारेर सम्पदा सूचीमा समावेशको प्रयास थाल्न अनुरोध गरेको हो ।  

त्यस अवसरमा बूढानीलकण्ठ नगरपालिकाका प्रमुख तथा कसासका संरक्षक मिठाराम अधिकारीले साहित्यिक-सांस्कृतिकलगायत अन्य रचनात्मक क्रियाकलाप निरन्तर रूपमा आयोजना गर्न  आग्रह गरे। साहित्यकार प्रा शैलेन्दुप्रकाश नेपालले छोटा भए पनि जीवन र जगत्का भोगाइ सटिक रूपमा भित्तेपात्रामा समेटिएको बताए । साहित्यकार श्यामप्रसाद रिमालले हिरण्यकशिपुलाई वधपछि नृसिंह अवतारका भगवान् विष्णुले शीतलता प्राप्त गर्न आएको ‘मृगेन्द्र शिखर’ भनिने लिच्छविपूर्वको बस्ती बूढानीलकण्ठ, शिवपुरी क्षेत्रका सबै पक्षबारे अन्तर्राष्ट्रिय जगत्मा परिचित गराउनुपर्ने बताए ।

कसासका अध्यक्ष गणेशकुमार मिश्र, उपाध्यक्ष डा.विष्णु केसी र  महासचिव लक्ष्मण अधिकारीले आगामी दिनमा संस्थालाई अझ क्रियाशील बनाएर राष्ट्रिय रूपमा स्थापित गराइने प्रतिबद्धता व्यक्त गरे । कसासका उपाध्यक्ष डा.केसी संयोजक तथा सचिव त्रिलोचन आचार्य र सदस्य होमशङ्कर बास्तोला रहेको प्रकाशन समितिको संयोजनमा प्रकाशित ‘कसास कविता क्यालेन्डर–२०८१’ मा  गद्यपद्य कविता, गीत, गजल, मुक्तक, हाइकु र साइनो गरी सानाछोटा ६८ रचना छन् । संस्थाले हालसम्म ‘कपन दर्पण’ का ‘स्मारिका-२०५८’, ‘कविता विशेषाङ्क –२०६२’, ‘पूर्णप्रकाश नेपाल यात्री स्मृति अङ्क–२०७२’ र ‘कविता विशेषाङ्क –२०६२’ प्रकाशन गरिसकेको छ । कपनमा साहित्यिक गतिविधि बढाउन पूर्णप्रकाश यात्री, घटराज भट्टराईलगायत स्थापित साहित्यकारको उल्लेखनीय योगदान छ ।

प्रतिक्रिया दिनुहोस