७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेपाल हङकङसँग पनि पराजित 

अ+ अ-

काठमाडौँ । एसीसी टी-२० प्रिमियर कपको तेस्रो स्थानका लागि भएको खेलमा नेपाल हङकङसँग पराजित भएको छ।

ओमनमा शनिबार भएको खेलमा हङकङले नेपाललाई चार विकेटले पराजित गरेको हो। नेपाल दिएको १४० रनको लक्ष्य हङकङले १९.३ ओभरमा ६ विकेट गुमाएर पूरा गरेको हो।

हङकङका लागि प्रारम्भिक ब्याटर अंशी राठले उत्कृष्ट पारी खेले। उनी ५० बलमा ६५ रन बनाउँदै अविजित रहे।

त्यस्तै, बाबर हयातले २६, ऐजाज खानले १२ र नर्सुल्ला रानाले ११ रन बनाए। नेपालका लागि सोमपाल कामीले तीन र दीपेन्द्रसिंह ऐरीले दुई विकेट लिए।

यसअघि ब्याटिङ गरेको नेपालले नेपालले आठ विकेटको क्षतिमा १३९ रन बनाएको थियो। नेपालका लागि ऐरीले ४० रन बनाए। उनले २९ बलमा चार चौका र तीन छक्का प्रहार गरे।

त्यस्तै, सन्दीप जोराले २२, रोहित पौडेलले २१, कुशल मल्लले १३ र सोमपाल कामीले १२ रन बनाए। अन्य खेलाडीले दोहोरो अंक पनि जोड्न सकेनन्।

हङकङका लागि आयुष शुक्लाले तीन, अतीक इक्बल, यासिम मुर्ताजा र इसान खानले एक-एक विकेट लिए।

हङकङसँग पराजित भएसँगै नेपालको एसीसी इमर्जिङ टिम्स एशिया कपको यात्रा पनि टुंगिएको छ। यो जितसँगै हङकङ इमर्जिङ कपका लागि छनोट भएको छ। प्रिमियर कपका विजेता र उपविजेतासँगै तेस्रो हुने टोली पनि इमर्जिङ कप खेल्न पाउनेछ।

त्यस्तै, प्रतियोगिताको विजेता टोली एशिया कप खेल्न पाउनेछ। एशिया कपमा भारत, पाकिस्तान, श्रीलंका, बाङ्लादेश र अफगानिस्तानसँग प्रतिस्पर्धा हुनेछ।

प्रतिक्रिया दिनुहोस