‘बाबुराम भट्टराईले जनतालाई धोका दिए’- महिन्द्र राय यादव « प्रशासन
Logo २० असार २०८१, बिहिबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

‘बाबुराम भट्टराईले जनतालाई धोका दिए’- महिन्द्र राय यादव


८ बैशाख २०८१, शनिबार


काठमाडौँ । नेपाल समाजवादी पार्टीका अध्यक्ष महिन्द्र राय यादवले पार्टीका अर्का अध्यक्ष बाबुराम भट्टराईले पार्टी एकतामा भाँजो हालेर नेपाली जनतालाई धोका दिने काम गरेको आरोप लगाएका छन् । 

शनिबार काठमाडौँमा आयोजित पार्टीको अगुवा कार्यकर्ता भेला तथा अभिमुखीकरण कार्यक्रममा उनले यस्तो बताएका हुन् । यादवसहितको समूह माओवादी केन्द्रसँग पार्टी एकताका लागि तयार भइसकेको बेला भट्टराईले एकीकरणको विपक्षमा अभिव्यक्ति दिएका थिए । 

भट्टराईको नजिकका तीन जनाले उनको साथ छोड्नु नै नेपाल समाजवादी पार्टीले लिएको बाटो ठिक भन्ने प्रमाणित भएको दाबी यादवले गरे । 

‘मैले डा। साहेबलाई भनेको थिएँ डा। साहेब तपाई चुनाव लड्नुहोस् । म चुनाव लड्छु दुई वटा सिट हुन्छ । जितिन्छ र पार्टीलाई बनाउन सकिन्छ । उहाँले मान्नुभएन । उहाँको भनाइ थियो– अब हामीले पार्टी चलाउन सक्दैनौँ । पार्टी चल्नै सक्दैन,’ यादवले भने, ‘हामीले विभिन्न अवरोध पार गर्दै यहाँसम्म आयौँ, अब यो देशको राष्ट्रवादी शक्तिहरुलाई जोड्नुपर्छ । देशभक्त पार्टीसँग  एकता गर्ने आधारमा जाऔँ । उहाँले जे जे भनेपनि मलाई आलोचना गर्नु छैन ।’

उनले हालैको संसदीय निर्वाचनमा पनि भट्टराईले सल्लाह नमानेको दुखेसो गरे । ‘एउटा कुरा भन्छु, गंगाजीले ३५ वर्षको सम्बन्ध किन छोड्नुभयो ? दुर्गा भट्टराई, विश्वदीप पाण्डे उहाँको पारिवारिक सदस्य तीन जनाले उहाँलाई छोडिसकेपछि यो नेपाल समाजवादी पार्टीले लिएको बाटो ठिक भन्ने प्रमाणित भएको छ,’ उनले भने, ‘बाबुराम भट्टराईले नेपाली जनतालाई धोका दिने काम गरेको छ । मैले भने तपाई चुनाव लड्नुहोस्, किन लड्नुभएन ?’

संघीयता, लोकतन्त्र, गणतन्त्र र धर्मनिरपेक्षताका विषयलाई हेर्ने दृष्टिकोणमा नेपाल समाजवादी पार्टी सबभन्दा नजिकको मित्र शक्ति माओवादी केन्द्र नै रहेको यादवले बताए । १० प्रदेशमा सहमतिको अधुरो काम पुरा गर्न माओवादीसँग एकता आवश्यक रहेको भनाइ उनले राखे । 

‘नेपाल समाजवादी पार्टीको सबभन्दा नजिकको मित्र शक्ति भनेको नेकपा माओवादी नै छ,’ उनले भने । 

माओवादी आन्दोलनको बलमा नै मुलुकमा गणतन्त्र सम्भव भएको उनले बताए । मुलुकलाई १० प्रदेश आवश्यक रहेको जिकिर गर्दै उनले त्यो पुरा गराउन अघि बढ्नका लागि पनि पार्टी एकता आवश्यक रहेको उनको जोड थियो ।  

Tags :
प्रतिक्रिया दिनुहोस