१५ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

५ रुपैयाँको ३५ करोड थान नोट छाप्ने तयारी, बोलपत्र आह्वान

अ+ अ-

काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको कार्यकाल सकिन अब एक वर्ष पनि बाँकी छैन । कार्यकाल सकिने अवस्थामा रहेका उनै गभर्नर अधिकारीको हस्ताक्षरमा ३५ करोड थान पाँच रुपैयाँ दरको नोट छापिने भएको छ । अधिकारी २०७६ चैत २४ गते गभर्नरमा नियुक्त भएका थिए ।

नेपाल राष्ट्र बैंकले पाँच रुपैयाँ दरको नयाँ नोट छाप्नका लागि बोलपत्र आव्हान गरेको छ । नेपाली ५ रुपैयाँको बैंक नोट छपाइका लागि योग्य सेक्युरिटी प्रिन्टरहरूलाई अन्तर्राष्ट्रिय रूपमा बोलपत्र आह्वान गरिएको नेपाल राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभागले जनाएको छ ।

बोलपत्र कागजातका लागि नेपाली २० हजार, १५० अमेरिकी डलर, युरो १४० वा १२० पाउण्ड स्टर्लिङ लाग्ने केन्द्रीय बैंकले जनाएको छ । पूर्वबोलपत्र आह्वान गर्ने समय मे १० नेपाली समय ११ बजेसम्म रहेको छ ।

सिल गरिएको बोलपत्र नेपाल राष्ट्र बैंक, मुद्रा व्यवस्थापन विभाग, बालुवाटारको कार्यालयमा आफैँ उपस्थित भएर वा कुरियरमार्फत (यस बोलपत्रको ४६ औँ दिन) नेपाली समय अनुसार दिउँसो १२ बजे वा अघि पेश गर्नुपर्नेछ ।

यो म्याद पछि प्राप्त बोलपत्रहरू अस्वीकार हुने बैंकले जनाएको छ । बोलपत्रहरू मुद्रा व्यवस्थापन विभागको कार्यालयमा ३ जुन २०२४ मा नेपाली समयअनुसार दिउँसो १ बजे उपस्थित हुन छनौट गर्ने बोलपत्रदाता प्रतिनिधिहरूको उपस्थितिमा खोलिने केन्द्रीय बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस