५ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गाडी उपलब्ध नगराएकोमा सभापति खानको असन्तुष्टि, संसद सचिवालयसँग मागे विवरण

अ+ अ-

काठमाडौँ । प्रतिनिधि सभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति अब्दुल खानले सवारी साधनको विवरण माग गरेका छन् । संघीय संसद सचिवालयलाई पत्र लेख्दै उनले संघीय संसद सचिवालयमा रहेका सवारी साधनको विवरण माग गरेका हुन् ।

सभापति खानले सोमबार संसद सचिवालयलाई लेखेको पत्रमा सवारीको संख्या (सवारीको प्रकार सहित), प्रयोगकर्ता (कुन प्रकारको सवारी प्रयोग गर्दै), खाली रहेको र मर्मत भई रहेको सवारी साधनको विवरण माग गरिएको छ । सभापति खांनले पटक पटक सवारी साधन माग गर्दा पनि उपलब्ध नगराएको भन्दै असन्तुष्टि जनाएका छन् ।

गत चैत २६ मा आफू सवार सवारी साधन धादिङमा दुर्घटनामा परेपछि सवारी साधनको माग गर्नु परेको उनको भनाइ छ । विभिन्न स्थानमा अनुगमनमा जानुपर्ने भएकाले खांनले अफ–रोडमा गुड्ने सवारी साधनको माग गरेका थिए । सडक अनुसारको सवारी साधन नभएकै कारण आफू दुर्घटनामा परेको उनको बुझाई छ । उनी चढ्ने बिएसी २७३५ नम्बरको सरकारी गाडी दुर्घटनामा परेको थियो ।

खांनका स्वकीय सचिव ई. अतिउल्लाह मुसलमान (आस्मीर)ले भने, ‘अनुगमनमा विभिन्न स्थानमा जानुपर्ने भएकाले पहिले नै अफ–रोडमा गुड्ने सवारी माग गरेका थियौँ, तर पाएनौँ ।’ सवारी साधन नहुँदा स्वास्थ्य परीक्षणका लागि अस्पताल जान र समितिको बैठकलगायत अन्य कार्यक्रममा सहभागी हुन समस्या परेको उनले बताए ।

सभापति खांनले प्रतिनिधि सभाका सभामुखलाई पत्र लेखेर नै सवारी साधनको व्यवस्था गरिदिन आग्रह गरेका छन् । ‘सुरु देखि नै पटक पटक संघीय संसद सचिवालयसँग गतिलो अथवा अफ–रोडमा गुड्ने सवारी (वाहन) माग गर्दा पनि राम्रो सवारी पाउन सकेन, मिति २०८०/१२/२६ गतेको दिन धादिङ जिल्ला स्थित रोराङ गाउँपालिका– ७, कृष्णाभिर भन्ने ठाउँमा बिहान करिब ८ः३० बजे म लगायत मेरो निजी सचिवालयका साथीहरूसहित आफ्नो गृह जिल्ला जाने क्रममा दुर्घटना भयो,’ उनले सभामुखलाई लेखेको पत्रमा भनिएको छ, ‘हालको अवस्था कुनै पनि सवारी साधन नभएको र निवास टाढा रहेकोले समितिका कार्यक्रम लगायत अन्य कार्यक्रममा उपस्थित हुन अत्यन्तै अप्ठ्यारो हुने भएकोले सम्माननीय सभामुख ज्युसँग यथा शीघ्र सवारी साधनको व्यवस्था मिलाई दिनु हुन हार्दिक अनुरोध गर्दछ ।’

प्रतिक्रिया दिनुहोस