६ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पूर्वराष्ट्रपति भण्डारीले भनिन्-कम्युनिष्ट पार्टी विभाजनको कारण खोज्नुपर्छ

अ+ अ-

काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपालका कम्युनिष्ट पार्टीहरू पटक-पटक विभाजन हुनुको कारण खोज्नुपर्ने बताएकी छन् ।

सोमबार नेकपा एमालेले नेपाल कम्युनिष्ट पार्टी स्थापनाको ७५ वर्ष पुगेको अवसरमा आयोजना गरेको कार्यक्रममा उनले पूर्वराष्ट्रपति भण्डारीले कम्युनिष्ट पार्टी विभाजनको समीक्षा गर्नुपर्ने बताएकी हुन् ।

‘नेपाली कम्युनिष्ट आन्दोलनमा पटक–पटक देखिने गरेको फुट र विभाजन र साँच्चै सिद्धान्त, विचार र राजनीतिक कारणले भएको हो कि पदीय आकांक्षा, अवसरवाद र भड्काव हाबी हुँदा भएको हो भन्नेजस्ता विषयमा समीक्षा गरी ठोस निष्कर्ष निकाल्न सकिएन भने भविष्यमा थप सफलता हासिल गर्न कठिनाइ हुन्छ’, उनले भनिन् ।

पूर्वराष्ट्रपति भण्डारीले राजनीतिक दलहरूले लिएको नीति र विचारमा विचलन आएको हो कि भन्ने आशंका पनि गरिन् ।

‘साँच्चै भन्ने हो भने लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ तुल्याउन लागेका के वामपन्थी, के गैरवामपन्थी, सबै राजनीतिक दलहरूले आफ्नो पार्टीले लिएको नीति तथा आदर्शमा विचलन आएको छ, छैन बेलाबेलामा समीक्षा गर्दै अगाडि बढ्नुपर्दछ’, उनले भनिन् ।

उनले राष्ट्रका महत्वपूर्ण विषयमा सबै राजनीतिक दलहरूले साझा दृष्टिकोण बनाउनुपर्ने पनि बताइन् । छिमेकी मुलुकहरू भारत र चीनसँगको सम्बन्धलाई थप सुदृढ बनाएर विकासका निम्ति साझेदारी गर्नुपर्ने पूर्वराष्ट्रपति भण्डारीको सुझाव छ ।

‘यी दुई मुलुकसँगको हाम्रो सम्बन्धलाई थप सुदृढ तुल्याएर पारस्परिक लाभलाई मध्यनजर गर्दै विकासका निम्ति साझेदारी गर्नुपर्छ’, उनले भनिन् ।

प्रतिक्रिया दिनुहोस