काठमाडौँ । अर्थ मन्त्रालयबाट सरुवा भएका सचिव कृष्णहरि पुस्करको बिदाइ गरिएको छ । सचिवको जिम्मेवारी सम्हाल्न आएका सचिव मधु कुमार मरासिनीको मन्त्रालयमा स्वागत गरिएको छ ।
अर्थमन्त्री वर्षमान पुन अनन्त, राजश्वसचिव डा. रामप्रसाद घिमिरेसहित मन्त्रालय तथा मातहत निकायमा कार्यरत सहसचिव, उपसचिव र शाखा अधिकृतभन्दा माथिका अधिकांश कर्मचारी स्वागत तथा बिदाइ कार्यक्रममा सहभागी थिए ।
मन्त्रिपरिषद्को सोमबारको बैठकले मरासिनीलाई अर्थमा र पुष्करलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सरुवा गर्ने निर्णय गरेको थियो ।
सम्बन्धित समाचार : दुई सचिवको सरुवा, अर्थमा मधु मरासिनी