६ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पेट्रोलियम पदार्थ उत्खननको प्रगतिबारे मन्त्री भण्डारीलाई जानकारी

अ+ अ-

काठमाडौँ । दैलेखको पञ्चकोशीमा पेट्रोलियम पदार्थ उत्खननका लागि भइरहेको प्रगतिबारे चिनियाँ पक्षले उद्योग, वातावरण तथा आपूर्तिमन्त्री दामोदर भण्डारीलाई आज जानकारी गराएको छ ।

पेट्रोलियम अन्वेषण परियोजनाका प्रमुख दिनेश नापितका अनुसार चिनियाँ सरकारको ‘जिओलोजिकल सर्वे कम्पनी’का परियोजना प्रमुख डा. याङ पिङले कामका प्रगतिबारे मन्त्री भण्डारीलाई जानकारी गराएका हुन् । सो टोलीले अन्तिम चरणको ‘ड्रिलिङ’ कार्य सुरु गर्ने जानकारी गराएको छ । 

सो टोलीले सन् २०१९ देखि हालसम्मका कामका बारेमा जानकारी गराउँदै दैलेखमा पेट्रोलियम पदार्थको सम्भावना उच्च रहेको जनाएको छ । त्यसको पुष्टि हुने परिमाण र गुणस्तरबारे जानकारी प्राप्त हुन बाँकी रहेको अन्वेषण परियोजना प्रमुख नापितले बताए।

मन्त्री भण्डारीलाई जानकारी गराउने टोलीमा चिनियाँ सरकारको जिओलोजिकल सर्वे कम्पनीका सर्वेक्षण उपमहानिर्देशक डा. मुको नेतृत्व सहितको विज्ञ समूह सहभागी थिए । जानकारी लिइसकेपछि मन्त्री भण्डारीले चिनियाँ सरकारको सहयोगको सराहना गर्दै आगामी दिनमा नेपालमा यस्ता क्षेत्रमा लगानी बढ्नेमा विश्वास व्यक्त गरे।

उनले दैलेखको पेट्रोलियम पदार्थ उत्खननका लागि भइरहेको प्रगति अत्यन्त उत्साहजन रहेको जानकारीले सरकारलाई उत्साहित बनाएको प्रतिक्रिया दिए । साथै उनले सरकारका तर्फबाट गर्नुपर्ने सहयोगका लागि कुनै कसर बाँकी नराख्ने बताए ।

प्रतिक्रिया दिनुहोस