७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भारतीय पक्षबाट नेपाली चियामा अवरोध, अवरोध हटाउन माग

अ+ अ-

काठमाडौँ । भारतीय पक्षले नेपालमा उत्पादित चियाको निर्यातमा अवरोध गरेपछि नेपाली व्यवसायीहरू मारमा परेका छन् । पूर्वी नेपालका चिया उद्योगीहरूले मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेर समस्या समाधानका लागि पहल गर्न माग गरेका छन् ।

भारतीय व्यवसायीले अनिवार्य परीक्षणको बहानामा नेपाली चियामाथि पुनः अवरोध सिर्जना गरेपछि नेपाली उद्योगी व्यवसायी मारमा परेको उनीहरूको भनाइ छ । भारतीय व्यवसायीले नेपाली चिया निर्यात रोक्न दबाब दिएपछि समस्या आएको हो । भारतीय चिया परीक्षणबिना तेस्रो देश निर्यात हुँदैन अनि बिना परीक्षण नेपाली चियालाई किन निर्बाध प्रवेश दिएको भनेर विरोध गरेपछि भारतीय प्रशासनले नेपाली चियामा अवरोध गरेको व्यवसायीहरूको भनाइ छ ।

मंगलबार बिहान पूर्वप्रधानमन्त्री झलनाथ खनालको नेतृत्वमा इलामका चिया व्यवसायीहरूको टोलीले प्रधानमन्त्रीलाई भेटेको छ । इलाम फिक्कलका चिया व्यवसायी गोपाल कट्टेलले भने,‘नेपाल–भारत वाणिज्य सन्धिमा एकअर्का देशका क्वारेन्टिन प्रमाणपत्रलाई दुवै देशमा मान्यता दिने भनेर निर्यात हुँदै आएको नेपाली चियामाथि एक्कासी अवरोध गर्दा मारमा परेका छौं । यसमा नेपाल सरकार र मातहतका निकायले तुरुन्त पहल गर्नुपर्छ ।’

भारतका व्यवसायीले चियालाई खाद्य प्रयोगशालाहरूमा परीक्षण गरिने वस्तुका रूपमा समावेश गर्न माग गर्दै आएका छन् । त्यस्तै सन् २०२१ नोभेम्बर ३ मा टी बोर्ड अफ इन्डियाले नेपाली चियाको आयात रोक्न माग गर्दै भारतको वाणिज्य तथा उद्योग मन्त्रालयमा पत्राचारै गरेको थियो । तत्कालीन राज्यसभा सदस्य शान्ता क्षेत्रीले पश्चिम बङ्गाल विधानसभामै नेपाली चिया आयातमा रोक लगाउन माग गरेकी थिइन् ।

गुणस्तरीय नेपाली चियाका कारण दार्जिलिङ चियाको ब्रान्ड खतरामा पर्ने भएपछि व्यवसायीहरूकै पहलमा नेपाली चियामा अवरोध खडा गर्दै आएका छन् । केही भारतीय व्यापारीले नै कम मूल्यमा आयात गरिएको नेपाली चियालाई दार्जिलिङ ब्रान्ड बनाएर तेस्रो देश निर्यात गर्ने गरेको पाइन्छ ।
गत वर्ष पनि भारतीय अवरोध विरुद्ध नेपाली व्यवसायीहरूले काठमाडौंमा आएर अवरोध हटाउन माग गरेका थिए । हाल पनि झापाको काँकडभिट्टा नाकामा नेपाली चिया बोकेका दर्जनौँ गाडी रोकिएका छन् ।

प्रतिक्रिया दिनुहोस