काठमाडौँ । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले सहकारी ठग्नेहरूको सम्पत्ति जफत गरेर बचतकर्तालाई तिर्ने कानूनी तयारी भइरहेको बताएका छन् । सहकारी पीडितहरूलाई न्याय नदिलाएसम्म आफूले राजनीतिबाट विश्राम नलिने उनले घोषणा गरेका हुन् ।
इलाम २ मा आयोजित चुनावी सभामा बोल्दै लामिछानेले यस्तो घोषणा गरेका हुन् । उनले प्रधानमन्त्रीलाई समेत जानकारी गराएर आफूले काम थालेको जानकारी दिए ।