७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पढेलेखेकाहरूले देश बिगारेको होइन, उनीहरूको कदर भइरहेको छैन : डा. सिके राउत

अ+ अ-

काठमाडौँ। जनमत पार्टीका अध्यक्ष तथा प्रतिनिधि सभा सदस्य डा. सिके राउतले जुनसुकै क्षेत्रमा नेतृत्व गर्ने व्यक्तिले अध्ययनलाई महत्त्व दिनुपर्ने बताएका छन्।

कर्णाली लिट्रेचर फेस्टिभल (कर्णाली साहित्य महोत्सव) मा मंगलबार ‘नेतृत्व र पठन’ विषयक सत्रमा राउतले नेतृत्व वर्गले आफू र नागरिकका लागि ज्ञान लिन जरुरी रहेको धारणा राखेका हुन् ।

उनले नेतृत्व वर्गले सामाजिक, आर्थिक लगायत देश-विदेशको अवस्थाका बारेमा जानकार हुनुपर्ने बताए । ‘अहिले किन पढ्नुपर्‍यो भन्ने खालको भाष्य पैदा भइरहेको छ, तर त्यो गलत हो’, उनले भने, ‘पढ्नु एकदमै आवश्यक छ ।’

अहिलेको सूचना प्रविधिको युगमा पढ्ने प्रचलन कम भएको राउतले बताए । मानिसले बर्षमा कति किताब पढ्छ र कस्ता किताब पढ्छन् भन्ने कुराले व्यक्तित्व झल्काउने राउतको भनाइ छ । ‘म हरेक दिन पढिरहेको हुन्छु, कुनैबेला बिहान मैले दुई घण्टा पढिन भने त्यो दिन बर्बाद भएजस्तो ठान्थेँ’, राउतले भने ।

हिजोआज धेरैले ‘पढेलेखेकाहरूले देश बिगारे’ भन्ने गरेको भन्दै उनले पढेलेखेका मानिसहरूको कदर नभएको धारणा राखे । ‘पहिले गाउँघरमा पढेलेखेका मान्छे भेटिँदा सम्मान हुन्थ्यो, अहिले त आक्रोश पोखिन्छ,’ उनले भने, ‘यो देश पढेलेखेकाहरूले बिगारे भनिन्छ, यहाँ पढेलेखेका मान्छेको कदर भइरहेको छैन।’

उनले अहिलेको सरकार सांसदप्रति जिम्मेवार नभएको टिप्पणी गरे । पहिलेका तुलनामा अहिले संसदमा सैद्धान्तिक छलफलको महत्त्व घटेको पनि उनको भनाइ छ । संसदमा पनि पढेका मानिसको उपस्थितिले फरक अर्थ राख्ने गरेको अनुभव सुनाए ।

उक्त सत्रमा वक्ताका रूपमा रहेका वीरेन्द्रनगर नगरपालिकाका मेयर मोहनमाया ढकालले पछिल्लो पुस्तामा पठन र लेखन संस्कृतिको विकास गर्न आवश्यक रहेको बताइन् । अहिलेको समयमा युवाहरूले सामाजिक सञ्जालमा बढी समय दिने भएकाले पढ्ने प्रचलन घटेको उनको भनाइ छ ।

मेयर ढकालले इतिहासको बारेमा जान्न अध्ययन गर्नु अनिवार्य हुने बताइन् । ‘हामीले विद्यालय शिक्षालाई निकै महत्त्व दिएर लागिरहेका छौँ, कोही पनि विद्यालय बाहिर नरहने गरी अघि बढेका छौँ’, उनले भनिन्, ‘यसबाहेक पुस्तक अध्ययनको बानी पनि बसाल्न पठन संस्कृतिको विकास गर्नु जरुरी छ ।’

प्रतिक्रिया दिनुहोस