काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको १७औँ संस्करणमा बुधबार गुजरात टाइटन्स र दिल्ली क्यापिटल्सबिच भिडन्त हुँदैछ । खेल दिल्लीस्थित अरुण जेट्ली स्टेडियममा राति ७:४५ बजे सुरु हुनेछ । यो दिल्लीको घरेलु मैदान हो ।
जारी सिजनको आईपीएलमा खेल्न लागिएको यो ४०औँ खेल हो । यो सिजनको आईपीएलमा दिल्ली र गुजरात दुवैले आफ्नो नवौँ खेल खेल्न लागेका हुन् । गुजरातले यसअघि खेलिएको आठमध्ये चारमा जित र चार खेलमा हारको नतिजा निकालेको छ । गुजरात आठ अङ्कसहित तालिकाको छैटौँ स्थानमा छ ।
सन् २०२२ को विजेता गुजरातले जारी आईपीएलमा हालसम्म मुम्बई इन्डियन्स, सनराइजर्स हैदराबाद, राजसंस्था रोयल्स र पञ्जाब किङ्सलाई हराएको छ । गुजरातको टोली चेन्नई सुपर किङ्स, पञ्जाब किङ्स, लखनउ सुपर जाइन्ट्स र दिल्ली क्यापिटल्ससँग पराजित भएको छ ।
दिल्ली क्यापिटल्सले यो सिजनको इन्डियन प्रिमियर लिगमा चेन्नई सुपर किङ्स, लखनउ सुपर जाइन्ट्स र गुजरात टाइटन्सलाई भने पराजित गरेको छ । दिल्ली क्यापिटल्स ६ अङ्कसहित तालिकाको आठौँ स्थानमा छ ।