६ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गाउँ-गाउँमा रहेका लघु उद्यमीलाई महासङ्घमा समेट्न मन्त्री भण्डारीको आग्रह

अ+ अ-

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले ग्रामीण भेगमा रहेका साना उद्यमीलाई नेपाल लघु, घरेलु तथा साना उद्योग महासङ्घमा समेट्न आग्रह गरेका छन् ।

महासङ्घद्वारा बुधवार आयोजित कार्यक्रममा मन्त्री भण्डारीले महासङ्घमा वास्तविक उद्यमीलाई मात्र समेट्न आग्रह गरे । गाउँमा भएका साना उद्यमीलाई समेट्न सके उनीहरूले सीप र प्रविधि प्राप्त गरेर आफ्ना उत्पादनलाई बजारसम्म पुर्‍याउन मद्दत पुग्ने उनको भनाइ छ ।

मन्त्री भण्डारीले बढीभन्दा बढी महिलालाई लघु, घरेलु तथा साना उद्यममा जोड्न सके त्यसले वास्तवमै राम्रो परिणाम दिने बताए । महिलालाई उद्यमशीलतामा जोड्न सके त्यस्ता उद्यमले दिगोपना ल्याउने उनको भनाइ छ ।

कार्यक्रममा महासङ्घले मन्त्री भण्डारी समक्ष विभिन्न २४ वटा माग राखेको छ । महासङ्घले महिला उद्यमी, कृषि उद्योगलगायतका उद्यमीहरूलाई दिइँदै आएको सहुलियतपूर्ण कर्जा र कोभिड पीडित उद्यमीलाई दिइँदै आएको पुनर्कर्जा कार्यक्रमलाई यथावत् राख्न मन्त्री समक्ष माग राखेको छ ।

साथै आगामी बजेटमार्फत सात सय ५३ वटै पालिकाले लघु, घरेलु तथा साना उद्योगको विकासका लागि प्रत्येक पालिकामा २० प्रतिशत बजेट विनियोजन गर्न माग गरिएको छ । महासङ्घले छरिएर रहेका लघु, घरेलु उद्योगले विशेष प्रकारका वस्तु तर अत्यन्तै सानो परिणाममा उत्पादन गर्ने हुँदा त्यस्ता उत्पादनलाई एउटा साझा ब्रान्डमा उत्पादन गर्न माग गरेको छ । त्यस्ता उत्पादनलाई बजारमा पठाउने व्यवस्थाका लागि साझा सामूहिक चिन्हमार्फत बजारीकरण गर्ने व्यवस्था मिलाउनुपर्ने लगायतका माग महासङ्घले राखेको छ ।

प्रतिक्रिया दिनुहोस