६ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

लगानी सम्मेलनको नीतिगत सुधारका काम अगाडि बढिसक्यो : मन्त्री बस्नेत

अ+ अ-

काठमाडौँ । ऊर्जा जलश्रोत तथा सिँचाईमन्त्री शक्ति बहादुर बस्नेतले सरकारले आगामी लगानी सम्मेलन समेतलाई दृष्टिकोण राख्दै नीतिगत सुधारका काम अगाडि बढाएको जानकारी दिएका छन् ।

बिहीबार काठमाडौँमा आयोजित हिमालयन हाइड्रो एक्स्पो-२०२४ उद्घाटन समारोहमा उनले, सरकारले आगामी लगानी सम्मेलन समेतलाई दृष्टिकोण राख्दै केही नेपाल ऐन संशोधनमार्फत नीतिगत सुधारका काम अगाडि बढाएको बताएका हुन् ।

उनले भने,‘त्यो बाहेक पनि बन क्षेत्र उपलब्ध गर्ने,जग्गा प्राप्तिका केही सवालहरू छन् । जसलाई केही नेपाल ऐन संशोधनमा मार्फत सम्बोधन गर्ने गरेर सरकरले प्रक्रिया अगाडि बढाएको छ । हामीले आगामी लगानी सम्मेलन समेतलाई दृष्टिकोण राख्दै केही नेपाल ऐन संशोधन मार्फत नीतिगत सुधारका काम अगाडि बढाएका छौं ।’

मन्त्री बस्नेतले, संसदमा रहेको विद्युत् सम्बन्धी विधेयक चाँडै पारित हुने पनि बताए । विद्युत् सम्बन्धी विधेयकले रोडम्याप एक्सन प्लानको कार्यान्वयनको लागि महत्त्वपूर्ण योगदान पुर्‍याउने उनको विश्वास छ ।

उनले भने,‘हाम्रो विद्युत् विधेयक अहिले संसदमा छ । मलाई लाग्छ त्यसले विद्युत् उत्पादन प्रसारणको क्षेत्रमा महत्त्वपूर्ण भूमिका खेल्ने छ, अब निकट भविष्यमा नै पारित हुनेछ । र यसले यो रोडम्याप एक्सन प्लानको कार्यान्वयनको लागि महत्त्वपूर्ण योगदान पुर्‍याउने हामीले विश्वास लिएका छौं ।’

उनले देशको विकास र समृद्धिको लागि जलविद्युतको क्षेत्र निकै नै महत्त्वपूर्ण रहको बताए ।

प्रतिक्रिया दिनुहोस