काठमाडौँ । सरकारले फास्ट ट्र्याकबाट कानुन बनाई सहकारी पीडितका समस्या समाधान गर्ने निर्णय गरेको छ ।
सिंहदरवारमा आज बसेको मन्त्रिपरिषद् बैठकले सहकारीको समस्याका बारेमा गम्भीरतापूर्वक छलफल गरेको एक मन्त्रीले जानकारी दिए ।
त्यस्तै सरकारले डढेलो र आगलागी भएर जनधनको क्षति भएको र देशका विभिन्न क्षेत्रमा आगलागी र डढेलोको कारण भइरहेको क्षति न्यूनीकरण गर्न र तत्काल आगलागी नियन्त्रण गर्न सम्बन्धित निकायलाई गम्भीरतापूर्वक क्रियाशील हुन निर्देशन दिएको छ ।