७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जहाँ अनौठा चिज देख्न पाइन्छ 

अ+ अ-

म्याग्नेटिक हिल
न्युट्रलमा पनि गाडी उकालोतर्फ चल्छ भन्दा अचम्म लाग्दो रहेछ । पृथ्वीमा जति घुम्यो त्यति अनौठा चिज देख्न पाइन्छ । यस पृथ्वीमा रहेका राज्यहरूमा भू-भागको दृष्टिले विश्वको दोस्रो ठुलो देश क्यानडा हो । त्यत्रो ठुलो देशको सबैभन्दा सानो प्रदेश कस्तो होला र दुई वटा प्रदेश जोडने पुल बनाउन पनि जनमत सङ्ग्रह गर्नु परेको भन्ने प्रश्नले निकै कौतुहलता लागेको थियो । 

यसपालि मेरो कौतुहलता मेटिई हाल्ने भयो । ४ सेप्टेम्बर २०२३ को दिन बिहानै प्रिन्स एडवर्ड आइल्याण्डको लागि छोरी, ज्वाइँ र नातिनी फेडरिक्टनबाट हिँड्यौ । सबैजसो समय ज्वाइँले गाडी हाँक्नु भएको थियो । २ वर्ष नपुगेकी नातिनी कार सिटमा बस्दा बस्दा वाक्क मान्थिन् । उनलाई पनि समय दिनै परयो । फेडरिक्टनबाट हिँडेको १ घण्टा ३० मिनेटमा सशेस भन्ने स्थानमा पुगिँदो रहेछ । सो पश्चात् १ घण्टामा मङकटन र मङकटनबाट हिँडेको भण्डै २ घण्टामा केनसिंगटनमा र सो पश्चात् १५ मिनेटमा प्रिन्स एडवर्डमा पुगिँदो रहेछ । 

फेडरिक्टनबाट उक्त प्रदेश पुगेर साँझ फर्कने कार्यक्रम रहेको थियो । प्रिन्स एडवर्ड पुग्ने मात्र होइन त्यहाँका क्याभिन्डज लगायत अन्य सहरहरू पनि घुम्नु थियो । बाटोमा जाँदै गर्दा फेडरिक्टनमै बस्ने विशाल अनि बिराट ज्ञवालीको परिवार र उहाँहरूको बुवा आमा समेत त्यतै लाग्नु भएको रहेछ । नयाँ मान्छे फेडरिक्टन पुग्दा उक्त स्थानलाई अवलोकन गर्ने क्षेत्रको रूपमा पनि लिँदा रहेछन् । एउटा ग्यास स्टेसनमा इन्धन भर्ने र चिया कफी पनि लिने भनेर हामी रोकियौँ सोही समयमा दुई परिवारको बिचमा भेट भएको थियो । 

बाटोमा जाँदै गर्दा मङकटन भन्ने स्थानमा रोकियौँ । मङकटनमा म्याग्नेटिक हिल भन्ने रहेछ । यो पनि न्यु ब्रन्सविक प्रदेश भित्र पर्दो रहेछ । भूगोल यस्तो रहेछ कि हामीले हेर्दा गाडीलाई गहिरो भागमा न्युट्रलमा राख्दा उकालो तर्फ पछि हट्दै आउँदो रहेछ । गाडी मात्र होइन पानी घोप्टाउनु होस पानी पनि उकालो तर्फ आउँछ । कुनै भकुन्डो राख्नुहोस् भकुन्डो पनि उकालो तर्फ आउँछ । यस्तै प्रकारको म्याग्नेटिक हिल भारतको लद्दाख र अष्ट्रेलियामा पनि छ भन्ने सुनेको थिए तर क्यानडामा प्रत्यक्ष रूपमा आफैले हेरेर र अनुभव गर्न पाइयो । ज्ञवाली परिवार त्यतै बस्ने भएकोले हामीहरूले उहाँहरूलाई छाडि सकेका थियौँ । क्यानडाको उत्तर पश्चिममा रहेको मङकटनको अनौठो सम्पदा प्रकृतिलाई फोटोमा कैद गरयौ र फेरी अगाडि बढयौं । 

कन्फिडेरेसन पुल 
क्यानडा ब्रिटिस उपनिवेशमा रहेको मुलुक पनि हो । ब्रिटिसको उपनिवेश हुँदा क्यानडालाई प्रशासनिक विभाजन गर्न तल्लो क्यानडा दक्षिणी क्यानडा उत्तरी क्यानडा आदि विभिन्न तरिकाले ब्रिटिसले विभाजन गरेको रहेछ ; जस्तो क्वुवेक , ओन्टारियो आदि प्रान्तहरू भए जस्तै न्यु ब्रन्सविक,नोभास्कोटिया र प्रिन्स एडवर्ड आइल्याण्ड पनि समुन्द्री तटमा रहेका प्रान्तहरू रहेछन् । ती प्रान्तहरूले नै कन्फिडेरसनको सुरुवात गरेका रहेछन् । क्यानडाका १० वटा प्रान्त र ३ वटा क्षेत्रहरू रहेछन् । 

ती मध्येको सबैभन्दा सानो प्रान्त प्रिन्स एडवर्ड आइल्याण्ड रहेछ । अब हामी त्यही प्रिन्स एडवर्ड आइल्याण्डतर्फ गइरहेका थियौ । वरिपरि समुन्द्र र बिचमा टापु रहेछ । त्यो टापु नै प्रिन्स एडवर्ड आइल्याण्ड हो भन्ने थाहा लाग्यो । २०२३ को जनगणना अनुसार यस प्रान्तको जनसङ्ख्या १७६११३ रहेछ । यो क्यानडाको पूर्वी तटमा रहेको सेन्ट लरेन्स खाडीमा पर्दो रहेछ । यसको क्षेत्रफल ५६८६ वर्ग कि.मि.रहेछ । यसको राजधानी शार्लोटटाउनमा पर्दछ । यहाँको मुख्य भाषा अंग्रेजी छ । यसलाई नर्थम्बरल्याण्ड स्टेटद्वारा न्यु ब्रन्सविक र नोभा स्कोटियाबाट अलग गरिएको रहेछ । यो प्रदेशको मेरुदण्डको रूपमा कृषि पेसालाई लिँदा रहेछन् साथै माछा मार्ने , पर्यटन आदि पनि त्यहाँको त्यतिकै महत्त्वपूर्ण पेसा रहेछ ।  कुनै बेला यो फ्रान्सको कोलोनीको रूपमा पनि रहेछ । १७६९ मा ब्रिटिसको कोलोनीको रूपमा रह्यो । १८७३ मा यो क्यानडाको संघीय राज्यको रूपमा प्रवेश गरेको रहेछ । 

जब समुन्द्रको एक छेउमा पुग्यौ आँखाको दृष्टिले नभ्याउने गरी आन्ध्र महासागरमा पुल तेर्सिएको देखियो । गाडीबाट ओर्लेर न्यु ब्रन्सविक साइडबाट समुन्द्रको छेउमा पुगेर फोटो लियौँ । खास गरी न्यु ब्रन्सविक र प्रिन्स एडवर्ड आइल्यण्ड जोडने पुल नै हो । उक्त पुलको लम्बाई १२.९१० कि.मि रहेछ । जुन समुन्द्र माथि बनेको विश्वको सबैभन्दा लामो पुल रहेछ । यसको पानी भन्दा माथि ६० मिटर (२००) फिट सम्म अग्लो रहेछ ।

यसरी अग्लो बनाउनुको कारण पानी जहाजहरू निर्बाध रूपमा चल्न सकुन् भन्ने हो । यो पुलमा ११ मिटर चौडाइ रहेको छ । जहाँ दुई तर्फी गाडी निर्बाध रूपमा चल्न सक्दछन् । यो पुलमा ६२ वटा पिलरहरू रहेछन् जस मध्येको ४० वटा पिलरलाई मुख्य पिलरको रूपमा लिँदा रहेछन् । क्यानडा र संयुक्त राज्य अमेरिका बिच बनिरहेको ओन्टारियो प्रान्तको विन्डसरमा बनेको पुललाई एम्बासाडोर पुल भने जस्तै यो पुलको अफिसियल नाम कन्फिडेरेसन पुल  रहेछ । यो पुल पनि ट्रान्स क्यानडा हाइ वे सँग जोडिएको छ ।

पुल बनाउने सम्बन्धमा १९८० देखी नै छलफल भएको रहेछ । खासमा यसरी पुल बनाउँदा स्थानीयहरूको रोजगारीमा असर पर्छ कि पर्दैन भन्ने पनि हो । उनीहरूको माछा मार्ने , फेरी, स्टिमबोट आदि सञ्चालन गर्दै आएकोमा कति असर गर्छ भन्ने सोच र पुल बनाउँदा लागेको लागत खर्चको उपयोगिता कति छ भन्ने अर्को अवधारणा पनि हो रहेछ । पर्यटकीय हिसाबले यसको महत्त्व कति हुन्छ भन्ने मत पनि यसको त्यतिकै रहेको पाइन्छ । 

समुन्द्रबाट अलग रहेर बनेको यो टापुसँग जोडने मुख्य रूपमा पानी जहाज , फेरी ,स्टिमबोट आदि थिए तर त्यो भन्दा पनि अन्य विकल्पहरू के हुन सक्छ भनेर निकै छलफल र बहस भएको रहेछ । पानी जहाज फेरीहरूलाई नै यथावत राख्ने कि ? भूमिगत रूपमा रेलको लिग बनाएर जोडने कि ? पुल बनाएर जोडने भन्ने सम्बन्धमा निकै बहसहरू भएको रहेछ ।  अन्तिममा प्रिन्स एडवर्ड आइल्याण्डले जनतासँग अभिमत माग्यो र त्यहाँ पुल बनाउने नै सिफारिस गरयो ।

१९९३ मा यो पुल बनाउन शुरु गरेर १९९७ मा निर्माण भई सकेको रहेछ । यसको लागत मूल्य १ बिलियन डलरमा निर्माण सम्पन्न भएको रहेछ । यो पुल बनाउँदा ५००० जना स्थानीय व्यक्तिले सहयोग पनि गरेका रहेछन् । जे होस इन्जिनियरिङ बिदाका व्यक्तिहरूका लागी यो पुलको बनावट , भू बनोट , माटो, रड , पिलर , जग आदि सम्पूर्ण विधामा अध्ययन गर्नको लागी पनि त्यतिकै महत्त्व मानिँदो रहेछ । 

कृषि फर्महरू 
हामी पनि पुल तरेर प्रिन्स एडवर्ड आइल्याण्डतर्फ अगाडि बढयौं । त्यहाँको राजधानी शार्लोटटाउन , क्याभेन्डिच बिच आदि ठाउँको अवलोकन पनि गरियो । त्यहाँ ठुला ठुला कृषि फार्महरू पनि रहेछन् । केलौना , गहुँ , आलु , भटमास लगायतका कोसेवालीहरु पनि अवलोकन गर्न भ्याइयो । एउटा कृषि फर्म कसरी व्यवस्थित गरिँदो रहेछ । हामी निर्वाह मुखी कृषि गरेको देखेको तर यहाँ सयौँ हेक्टरमा कृषि उपज बालीहरू देख्दा खुसी लाग्यो । हाम्रा भान्सामा प्रवेश गर्ने मकै , गहुँ , आलु , तरकारी लगायत कृषि उपज रहर लाग्दो रहेछ । कृषि औजार अनि जग्गाको चक्ला बन्दी , राज्यको सहयोग कृषकको अवस्थालाई पनि नजिकबाट हेर्ने मौका मिल्यो । त्यहाँको माटो पनि रातो रहेछ । बाटोमा आलुका पोकाहरू पनि राखेका थिए हामीले पनि एउटा आलुको पोको किन्यौ ।

समुन्द्रमा तरेली खेल्नेहरू 

समुन्द्रमा पौडी खेलेको देख्दा , बालुवामा सुतेको देख्दा के होला जस्तो लाग्दथ्यो । भूपरिवेष्ठित देशका हामी कोशी , नारायणी , कर्णाली नै समुन्द्र हो जस्तो लाग्दथ्यो । हामी सेन्ट लरेन्सको खाडीको अगाडि फराकिलो आन्ध्र महासागरको एउटा तट जुन पश्चिममा न्यु लन्डनको प्रवेशद्वार देखि पूर्वमा रातो बलौटे ढुङ्गाको चट्टानसम्म ८ किलोमिटर फैलिएको रहेछ त्यही तट क्याभिन्डिस बिचमा पुग्यौ । समुन्द्र तटमा बुढा बुढी बच्चा बच्ची तरुनी तन्नेरीहरूको भिड नै लाग्दो रहेछ । त्यही बिचमा पुग्दा बालुवामा सुत्ने , समुन्द्रको छालमा रमाउने , खेल्ने र बिदा मनाउने गर्दा रहेछन् ।

जल विहारको मज्जा अर्कै छ । कोही बालुवामा घोप्टो परेर सुतेका छन केही उत्तानो परेका छन । कमाउने पनि हो रमाउने पनि हो भन्दा रहेछन् । समुन्द्रको छेउमा कसैले क्याम्प खडा गरेका छन । गाडीले घर लतार्दै लगेर समुन्द्र छेउमा क्याम्प खडा गरेका छन । राज्यले त्यहाँ पनि बत्ती पानीको व्यवस्था गरिदिएको रहेछ । हामी पनि समुन्द्र सम्म पुग्यौ । समुन्द्रको पानी सेचन गर्दै सिँढी चढेर माथि आयौँ । हात खुट्टा धुनलाई छुट्टै धाराको व्यवस्था गरिएको रहेछ । हात मुख धोएर हामी मङकटन तर्फ अगाडि बढायौ ।

क्रमशः

प्रतिक्रिया दिनुहोस