७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

हवाई भाडाबाट भ्याट हटाइदिन पर्यटन मन्त्रीसँग व्यवसायीको माग

अ+ अ-

काठमाडौँ । नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) ले हवाई भाडामा लगाइएको मूल्य अभिवृद्धि कर (भ्याट) हटाउन माग गरेको छ । 

पर्यटन क्षेत्रले हाल भोग्नु परिरहेका समस्याहरूका विषयमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री हितबहादुर तामाङसमक्ष नाट्टाले अब आउने बजेटबाट भ्याट हटाउन माग गरेको हो । लाजिम्पाटस्थित एक होटलमा आयोजित कार्यक्रममा नाट्टाका अध्यक्ष रमेश थापाले मन्त्री तामाङलाई आर्थिक वर्ष २०७९/०८० मा सरकारले हवाई भाडादरमा लगाएको मूल्य अभिवृद्धि करले समग्र पर्यटन क्षेत्रमा पारेका असरबारे बताएका थिए ।

उनले भ्याटलगायत पर्यटकीय पूर्वाधारहरूको विकासमा भइरहेको ढिलासुस्ती, हवाई तथा सडक सञ्जालको विकास तथा विस्तार, पर्यटन ऐन नेपाल सरकार मातहत रहेका विभिन्न निकायहरुमध्ये, नेपाल पर्यटन तथा होटेल व्यवस्थापन प्रतिष्ठान तथा नेपाल पर्यटन बोर्डको बेथिति, नेपाल वायुसेवा निगमको व्यवस्थापकीय कमजोरीका कारण नेपालमा पर्यटन क्षेत्रमा असर पारेको बताएका थिए ।

कार्यक्रममा महासचिव कुमार मणि थपलियाले पर्यटन क्षेत्रसँग जोडिएका विभिन्न सवाल समेटिएको विषयमा प्रस्तुतीकरण राख्दै मन्त्रालयका तर्फबाट आगामी नीति तथा कार्यक्रम, बजेटबाट समाधान गर्न अनुरोध गरेका थिए ।

कार्यक्रममा मन्त्री तामाङले मूल्य अभिवृद्धि करका विषयमा प्रधानमन्त्री र अर्थमन्त्रीसँग विस्तृत छलफल गरी आगामी बजेटमार्फत उक्त समस्याको यथोचित हल गर्न प्रतिबद्धता व्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस