१२ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आफ्नै पालामा विश्वविद्यालय सुधार हुने प्रधानमन्त्री ‘प्रचण्ड’को दाबी 

अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वविद्यालयहरूमा रिक्त रहेका पदाधिकारी नियुक्तिको प्रक्रिया अन्तिम चरणमा पुगेको बताएका छन् ।

मोरङको सुन्दरहरैँचास्थित गोठगाउँमा शुक्रबार पूर्वाञ्चल विश्वविद्यालयको १२ औँ दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले खुल्ला प्रतिस्पर्धाको आधारमा पदाधिकारीको नियुक्तिको टुङ्गो लाग्ने बताए । उनले खुल्ला प्रक्रिया बाट प्रक्रिया अघि बढाइएकोले केही समय ढिलाइ भएको बताए ।

उनले सरकारले विश्वविद्यालय सुधारका लागि विभिन्न प्रयास थालेको बताए । उनले भने, ‘आफ्नै पालामा खुल्ला प्रतिस्पर्धाबाट उपकुलपति नियुक्ति प्रक्रियाको थालनी भएको हुन्छ ।’

उनले खुल्ला प्रतिस्पर्धाबाट छनौट गर्ने काम त्रिभुवन विश्वविद्यालयबाट कार्यान्वयनमा ल्याइएको खुल्ला प्रतिस्पर्धात्मक प्रणालीलाई पूर्वाञ्चल विश्वविद्यालय लगायत अन्य विश्वविद्यालयहरूमा पनि लागू गरिएको उनले बताए । उनले पूर्वाञ्चल विश्वविद्यालय परिसरमा आवश्यक संरचना तयार गरी मेडिकल कलेज सञ्चालन गर्नुपर्नेमा उनले जोड दिए ।

पूर्वाञ्चल विश्वविद्यालयले रोजगारमूलक, व्यावहारिक र जीवनोपयोगी शिक्षामा विशेष जोड दिन आवश्यक रहेको बताउँदै प्रधानमन्त्री दाहालले विशेष जैविक विविधताको अनुसन्धान, प्राकृतिक स्रोत-साधन र परम्परागत ज्ञान-सीपको संवर्द्धन गर्नुपर्ने बताए ।

१२ औँ दीक्षान्त समारोहमा ७ हजार ८५६ विद्यार्थी दीक्षित भएका छन् । जसअन्तर्गत स्नातक तहमा ६ हजार ५६८, स्नातकोत्तर तहमा १ हजार २८५ र एम फिलमा ३ जना विद्यार्थी दीक्षित भएको विश्वविद्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस