७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मन्त्री श्रेष्ठले भने-न्याय सम्पादनमा मातृभाषाको प्रयोग गरौँ

अ+ अ-

बागमती । बागमती प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री गङ्गानारायण श्रेष्ठले न्याय सम्पादन गर्दा मातृभाषाको प्रयोग गर्न स्थानीय तहका न्यायिक समिति पदाधिकारीसँग आग्रह गरेका छन् । 

बागमती प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयद्वारा आज हेटौँडामा आयोजित स्थानीय तहका पदाधिकारी तथा कर्मचारीको लागि अभिमुखीकरण कार्यक्रममा मन्त्री श्रेष्ठले भाषाको कारण बुझाइमा फरक पर्दा न्याय सम्पादनमा प्रभाव पर्ने भएकाले मातृभाषाको प्रयोग गर्न आग्रह गरे । 

बागमती प्रदेश तामाङ भाषाको बाहुल्य प्रदेश भएकाले प्रदेश सरकारले भाषिक कुरालाई प्राथमिकता दिएको उल्लेख गर्दै सङ्घीयताको भावनाअनुसार मातृभाषाबाटै काम गर्न सकिए नागरिकले सहजता अनुभूति गर्ने बताए ।  

न्याय निरूपण गर्दा राजनीतिक पूर्वाग्रह नराखे पनि राजनीतिक व्यवस्थाबाट आएका पालिका उपाध्यक्ष संयोजक भएकाले राजनीतिक धारणा बन्ने गरेको बताउँदै उनले न्याय निरूपणमा राजनीतिक छाँया आउन नदिन सजग हुनुपर्ने बताए । 

न्यायिक समितिलाई सहजता प्रदान गर्न ७२ गाउँपालिकामा प्रदेश सरकारले न्यायिक सहजकर्ता पठाइएको जानकारी दिँदै कानुनको आँखामा सबै बराबर भए पनि व्यवहारिकरुपमा सकारात्मक विभेदको सिद्धान्त अपनाउँदा उचित हुने धारणा राखे ।

संविधानको एकल सूचीमा रहेको अधिकार कार्यान्वयनका लागि चाहिने कानुन निर्माणलाई प्रदेश सरकारले प्राथमिकता दिएको बताउँदै उनले तीनै तहको सरकार समन्वय, सहयोग गर्दै कतिपय कानुन बनाइएको कतिपय पाइपलाइनमा रहेको जानकारी दिए । जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलानले वन कानुन, शिक्षा ऐन बनाउन ढिलो हुँदा स्थानीय तहहरूलाई काम गर्न समस्या भइरहेको गुनासो गर्दै संरक्षणसँगै उपभोग गर्न पाउने ऐन बनाउन जरुरी बताए । 

स्थानीय तहलाई प्राकृतिक स्रोत संरक्षण गर्दै राजस्व वृद्धि गर्ने सहजता प्रदेश सरकारले बनाई दिन आग्रह गर्दै न्यायिक सहजकर्ता दर्ता चलानीमा सीमित राखेर जनतालाई दिनुपर्ने सेवा नदिएको गुनासो आइरहेकाले त्यसतर्फ ध्यान दिन पालिकालाई आग्रह गरे।

हेटौँडा उपमहानगरपालिका प्रमुख मीना लामाले कानुन बमोजिम न्यायिक समितिहरूले अधिकार नपाउँदा अपेक्षाकृत रूपमा काम गर्न नसकिरहेको बताउँदै सङ्घीय र प्रदेशसम्बन्धी कतिपय मुद्दाहरू स्थानीय न्यायिक समितिले हेर्ने भनिए पनि त्योअनुसार अझै पाउन नसकेको गुनासो गरे । 

बागमती प्रदेशअन्तर्गत विभिन्न जिल्लाको स्थानीय तहका प्रमुख, उपप्रमुख, न्यायिक समितिका कर्मचारी तथा सञ्चारकर्मीहरूको सहभागिता थियो । 

प्रतिक्रिया दिनुहोस