७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

चलचित्र ‘आँखा’असार १४ मा रिलिज हुने

अ+ अ-

काठमाडौँ । सामाजिक विषयवस्तुमा निर्माण भएको चलचित्र ‘आँखा’ आगामी असार १४ गते रिलिज हुने भएको छ । लामा सिनेमा प्रालीले शुक्रबार फिल्मको फस्र्टलुकसँगै थीम पोस्टर सार्वजनिक गर्दै असार १४ लाई प्रदर्शन मिति तोकेको हो ।

जोन योन्जनको निर्देशन रहेको फिल्मको पोस्टरमा फिल्मका सबै कलाकारलाई अँटाइएको छ । पोस्टरमा ‘आँखा’भित्र कलाकारहरूलाई प्रस्तुत गरिएको छ भने त्यसको बीचमा सूर्यमुखी फूललाई समेत जोडिएको छ । अर्को थीम पोस्टरमा पनि फोहोरको थुप्रोमाथी सूर्यमुखी अंकित देखाइएको छ ।

निर्देशक योन्जनले ‘आँखा’ आधुनिक समाजमा तल्लो वर्गको सङ्घर्ष र बाँच्नका लागि मानिसहरू समयको कति लामो गहिराइसम्म जान्छन् भन्ने मार्मिक दृष्टिकोण रहेको बताए । ‘दुःख एक्लोपन जत्तिकै भयानक र त्रासपूर्ण हुन्छ, यही परिधि भित्रको रमाइलो कथा ‘आँखा’ हो,’ उनले भनेका छन् ।

फिल्मको पोस्टर ट्राइडेन्ट कन्सेप्टको तर्फबाट रोयल भीमसेनले तयार पारेका हुन् । आरआर फिल्मस्ले यो फिल्मको प्रदर्शन तथा वितरण अधिकार लिएको छ ।

निर्देशक योन्जनकै कथा, पटकथा रहेको फिल्ममा स्मिता लामिछाने, आरके मेहता, निशा अधिकारी, बुद्धि तामाङ, विजय बराल, सरोज खनाल, पशुपति राई, कृष्णभक्त महर्जन, राजन खतिवडा, प्रविण खतिवडा, लुनिभा तुलाधर, रवीन्द्र झा, रेनुका कार्की, अभयराज बराल र बाल कलाकार प्रसन राईको अभिनय छ ।

फिल्ममा स्मिता लामिछाने निर्माता, कृष्ण भण्डारी र निर्देशक योन्जनको सम्पादन, आलोक शुक्लाको छायाङ्कन, दीपक आरजेको संगीत र रेवन्तविक्रम थापाको द्वन्द्व छ । ढाका टोपी फिल्मस्, कार्यक्रम नेपाल, साइलेन्ट एक्ट र ट्राइडेन्ट कन्सेप्टको सहकार्यमा यो फिल्म तयार भएको हो ।

प्रतिक्रिया दिनुहोस