८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

रुसी सेनामा भर्ती भएका तनहुँका नौ युवा अझै सम्पर्कविहीन

अ+ अ-

तनहुँ । रुसी सेनामा भर्ती भएका यहाँका नौ युवा अझै परिवारको सम्पर्कमा नआएपछि परिवारजन शोक र चिन्तामा परेका छन् । स्वदेशमा केही गर्ने विकल्प नभएपछि रुसी सेनामा भर्ती भएका आफ्ना सन्तान सम्पर्कविहीन भएपछि अभिभावक लगायतका परिवार चिन्तामा परेका हुन् ।

धन कमाएर सुखले पाल्छु भन्ने सपना देखाएर रुसी सेनामा भर्ती भएको छोरा विगत चार महिनादेखि सम्पर्कविहीन भएपछि दिनरातै रोएर बित्ने गरेको व्यास नगरपालिका–९ मा रहेकी आमाले बताइन् । ‘रुसी सेनामा भर्ती भएको छोराले सुरुमा चिन्ता नगर्न भनेको थियो’, नाम गोप्य राखिदिन आग्रह गर्दै आमाले भनिन्, ‘छोरा सम्पर्कविहीन भएपछि शोकले सुत्न पनि सकिएको छैन ।’

रुसी सेनामा भर्ती भएका आफ्ना सन्तानलाई सुरक्षित रूपमा स्वदेश ल्याइदिन पहल गर्न परिवारजनले जिल्ला प्रशासन कार्यालयमा रहेको सुरक्षित आप्रवासन (सामी) कार्यक्रम अन्तर्गत आप्रवासी स्रोत केन्द्रमा निवेदन परेको केन्द्रका परामर्शदाता गोमा तिवारीले जानकारी दिए ।

रुसी सेनामा व्यासका तीन, देवघाट गाउँपालिकाका एक, भानु नगरपालिकाका तीन, शुक्लागण्डकी नगरपालिकाका एक र म्याग्दे गाउँपालिकाका एक जना गरी नौ युवा सम्पर्कविहीन भएकाले खोजी गरी सकुशल स्वदेश फिर्ता गरी दिन माग गर्दै निवेदन परेको उनले बताए ।

सम्पर्कविहीनहरूको खोजीका लागि कन्सुलर विभागमा व्यक्तिको आवश्यक सम्पूर्ण कागजात पठाइसकिएको केन्द्रले जनाएको छ । बिचौलियामार्फत रु पाँच लाखदेखि छ लाखसम्म तिरेर ‘भिजिट भिसा’मार्फत रुसी सेनामा भर्ती गराइएकोसमेत परामर्शदाता तिवारीको भनाइ छ ।

केन्द्रका जिल्ला संयोजक लुना रानाले तनहुँबाट अन्य व्यक्तिसमेत रुसी सेनामा भर्ती भएको हुनसक्ने आकलन गरिएको बताए । नेपाल सरकारले रुसी सेनामा भर्ना हुन प्रतिबन्ध लगाएकाले निवेदन दिनेको सङ्ख्या न्यून रहेकोसमेत उनको भनाइ छ ।

जिल्ला प्रशासन कार्यालयले वैदेशिक रोजगारीलाई सुरक्षित बनाउन राहदानी बनाउन आएका सबैलाई अनिवार्य रूपमा परामर्श लिने व्यवस्था गरिएको प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले बताए । वैदेशिक रोजगारीका क्रममा कसैले पनि ठग्न नसकुन् भनेर आफूहरूले अनिवार्य रूपमा परामर्श सेवा सञ्चालन गरेको उनले जानकारी दिए ।

‘रुसी सेनामा भर्ती भएकाको खोजी गरिदिन निवेदन परेको छ’, प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले भने, ‘हामीले आफ्नो स्थानबाट सकुशल फिर्ता गर्न आवश्यक पहल गरेका छौँ, तर राज्यले बन्देज लगाएको र जानकारी नभएका देशहरूमा कसैलाई पनि नजान अनुरोध गरेका छौँ ।’

प्रतिक्रिया दिनुहोस