८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एमाले र काँग्रेस मिलेर तत्कालै सरकार बन्ने अवस्था छैन : नेता साउद

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एनपी साउदले काँग्रेस र नेकपा (एमाले) मिलेर तत्काल सरकार बन्ने अवस्था नरहेको बताएका छन्।

नेपाल प्रेस युनियन पर्साले शनिबार वीरगञ्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेता साउदले प्रमुख राजनीतिक दलहरुबीच प्रशासनिक सत्ता साझेदारी र सजिलोपनकै लागि सरकार गठन गर्न नहुने धारणा व्यक्त गरे।

‘प्रशासनिक सत्ता साझेदारी वा सहजताका लागि मात्रै प्रमुख राजनीतिक दल मिलेर सरकार बन्न सक्दैन,’ उनले भने, ‘कुनै प्रमुख राजनीतिक दल मिलेर बन्ने सरकारले राष्ट्रिय मुद्दालाई सम्बोधन गर्नुपर्ने हुन्छ। नेपालको सन्दर्भमा पनि संवैधानिक मुद्दाबारे जसलाई दुई वटै प्रमुख पार्टीको सरकार बनिसकेपछि संविधान संशोधनको प्रक्रियाबाट टुङ्ग्याउनुपर्ने मुद्दा छन् भने ती मुद्दा सम्बोधन गर्ने सन्दर्भमा दुवै पार्टीबीच पारदर्शी सहमति भयो भने मात्रै सत्ता साझेदारी गर्न सकिन्छ। त्योभन्दा बाहेक प्रशासनिक सजिलोपनका लागि र सत्ता साझेदारी जनाउने कुराका लागि मात्रै प्रमुख राजनीतिक पार्टी नै सरकारमा जाने क्रम मुलुकमा चल्यो भने जनताको नजरमा लोकतन्त्रको मूल्य घट्न सक्छ।’ 

नेता साउदले हिजोसम्म आउँदा परम्पर विरोधी भएर चुनावमा प्रतिस्पर्धा गर्नेले कुर्सी वा सत्ताको स्वाद लिनकै लागि आफ्नो आस्था, विश्वास र फरक दृष्टिकोणलाई एकातिर थाती राखेर सरकार गठन गर्नेतर्फ मात्रै अघि बढ्नु लोकतन्त्रका लागि राम्रो नहुने बताए।

‘हामीले मुलुकभित्र रहेका अस्थिरता मच्चाउन खोज्ने शक्तिलाई पनि लोकतन्त्रको परिधिभित्र ल्याउने जुन प्रयास गरिरहेका छौँ । यदि प्रमुख राजनीतिक पार्टीबीच नै सत्ता र शक्तिका लागि गठबन्धन भयो भने यसको फाइदा लिएर अस्थिरतामा खेल्न खोज्नेले राजनीतिक लाभ वा फाइदा उठाउन सक्नेछन्,’ उनले भने, ‘नेपाली काँग्रेसले एमालेसँग गठबन्धन गरेर सरकारमा जानै परेको खण्डमा पार्टीको केन्द्रीय समितिमा पर्याप्त छलफल गरेर मात्रै अघि बढ्नेछ । जहाँसम्म विभिन्न समीकरणका कुराहरु छन् । नेपाली काँग्रेसले कसैलाई निषेध गर्ने उद्देश्यले कुनै पनि समीकरण गर्ने छैन । हामी जुनसुकै कुरा पनि परिपक्व भएपछि मात्रै त्यसको बाटोमा अघि बढ्नेछौँ।’ 

काँग्रेसले जनस्तर र संसदीय मोर्चा दुवैमा प्रभावकारी ढङ्गले रचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्ने नेता साउदको भनाइ थियो। काँग्रेसका केही कमीकमजोरी भए त्यसलाई सच्याएर अगाडि बढ्न सकिने उनले बताए।

प्रतिक्रिया दिनुहोस