१६ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

डढेलो नियन्त्रणको लागि दुई हजार किलोमिटर अग्निरेखा निर्माण

अ+ अ-

राँझा (बाँके) । डढेलो नियन्त्रणका लागि बाँके राष्ट्रिय निकुञ्जले दुई हजार किलोमिटर अग्नि रेखा निर्माण गरेको छ । डढेलो नियन्त्रण गर्न निकुञ्जले पूर्व सावधानी अपनाउँदै निकुञ्ज अन्तर्गतको बढी डढेलो प्रभावित क्षेत्रमा बनाइएको अग्निरेखा डढेलो नियन्त्रणमा प्रभावकारी भएको बाँके राष्ट्रिय निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत मनोजकुमार साहले बताए । 

“निकुञ्ज क्षेत्रभित्र पर्ने डढेलो जोखिमयुक्त क्षेत्र महादेवा, कोहलपुर, चिसापानी, मुगुवा, खैरी खोला र चुरे क्षेत्रमा अग्निरेखा प्रभावकारी देखिएको छ”,वरिष्ठ संरक्षण अधिकृत मनोजकुमार साहले भने,“अग्नि रेखाले निकुञ्जको वन क्षेत्रमा डढेलो फैलिन रोकेको छ ।” 

निकुञ्जले डढेलो नियन्त्रणलाई प्राथमिकता दिँदै विशेष तालिम प्राप्त सेना र कर्मचारी रहने गरी ¥यापिड फायर टिम (आरआरटी) लाई २४सै घण्टा तयारी अवस्थामा राखेको छ । निकुञ्ज क्षेत्रभित्र कुनै पनि स्थानमा डढेलो लागेको सूचना प्राप्त हुने बित्तिकै आरआरटी टिम तत्काल पुगेर अग्नि नियन्त्रणमा जुट्ने उहाँको भनाइ छ । 

“बढ्दो गर्मीसँगै निकुञ्ज क्षेत्रमा हुने आगलागीले वन्यजन्तु समस्यामा पर्ने भए पनि क्षति पुगेको विवरण छैन”, बाँके राष्ट्रिय निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत साहले भने, “ठूलो आगलागीका कारण वन्यजन्तुलाई समस्या हुने गरेको छ । यो वर्ष मुगुवा, ओभरी र खैरी क्षेत्रमा बढी आगलागी भएको छ ।”

बाँके राष्ट्रिय निकुञ्जको अधिकांश क्षेत्र झाडी र बुट्यानसहित सुख्खा क्षेत्र भएकाले डढेलोको उच्च जोखिममा पर्छ । डढेलोको कारण संरक्षित जीव अजिङ्गर संरक्षण गर्न चुनौती बन्दै गएको छ । ठूलो आकारको जीव अजिङ्गर बिस्तारै हिँड्ने भएकाले डढेलोबाट अजिङ्गरका अन्डा र बच्चा मर्ने सम्भावना बढी हुन्छ ।

डढेलो नियन्त्रण गर्न निकुञ्जले पूर्व सावधानी अपनाउँदै बर्सेनि अग्नि रेखा निर्माण गर्दै आएको छ । निर्माण भएको अग्नि रेखाको मर्मत सम्भार गर्दै नयाँ क्षेत्रमा विस्तार कार्य नियमित रूपमा हुने गरेको बाँके राष्ट्रिय निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत साहले बताए । 

प्रतिक्रिया दिनुहोस