६ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

परीक्षामा अनियमितता, शिक्षा शाखा प्रमुखसहित १६ कर्मचारीलाई कारबाही सिफारिस

अ+ अ-

काठमाडौँ । बाँकेको कोहलपुर नगरपालिकाले शिक्षा शाखा प्रमुखसहित १६ जना शिक्षक तथा कर्मचारीहरूलाई कारबाही सिफारिस गरेको छ ।

गत चैत २ देखि ९ गतेसम्म चलेको कक्षा ८ को परीक्षा सञ्चालन र नतिजा प्रकाशनमा अनियमितता गरेको पुष्टि भएपछि उनीहरूलाई कारबाहीको लागि सिफारिस गर्ने निर्णय भएको हो । नगर कार्यपालिकाको बैठकले शिक्षा शाखा प्रमुख रामबहादुर हमाल, शिक्षा शाखा अधिकृत रविलाल मिजार, शिक्षा शाखा सहायक पाँचौँ बलबहादुर नेपालीसहित शिक्षक तथा कर्मचारीलाई कारबाहीको लागि सिफारिस गर्ने निर्णय गरेको हो ।

बैठकले शिक्षा शाखा प्रमुख हमाललाई निजामती सेवा ऐन, २०४९ को दफा ५५ (क) बमोजिम कारवाही गर्ने र काज फिर्ता गर्ने निर्णय गरेको छ । शिक्षा शाखा अधिकृत सातौँ रविलाल मिजारलाई निजामती सेवा ऐन, २०४९ को दफा ५९ बमोजिम विभागीय कारवाही र दफा ६४ बमोजिम निलम्बन गर्ने निर्णय भएको छ।

यसै गरी शिक्षा शाखा सहायक पाँचौँ बल बहादुर नेपालीलाई निजामती सेवा ऐन, २०४९ को दफा ५५ क बमोजिम, शिक्षक कर्मचारीहरूलाई शिक्षा ऐन २०२८ को दफा १७ को उपदफा १ (क) बमोजिम र नगरपालिकाको स्रोतबाट करारमा नियुक्ति पाई छानबिनको क्रममा कारवाहीको सिफारिस गरिएका शिक्षक वा कर्मचारीलाई करारनामा बमोजिम सम्झौता भङ्ग गर्ने निर्णय नगरपालिकाले गरेको छ । मिजार निलम्बनमा परेका छन् भने करारका कर्मचारीको सम्झौता भंग गरिएको छ

परीक्षा सञ्चालन, उत्तरपुस्तिका परीक्षण तथा नतिजा प्रकाशनमा अनियमितता भएको भन्दै उजुरी परेपछि नगरपालिकाले कार्यपालिका सदस्य वीरेन्द्र कुमार शाहको

संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति बनाएको थियो । छानबिन समितिका संयोजक शाहका अनुसार छानबिनका क्रममा उत्तरपुस्तिका परिवर्तन गरेको, उत्तरपुस्तिका राम्रोसँग नजाँचेको, डाटामा राम्रोसँग नम्बर इन्ट्री नगरेको जस्ता त्रुटिहरू फेला परेको थियो ।

केही परीक्षकले उत्तरपुस्तिका लापरवाही तरिकाले जाँच गरेको, आफ्नो विद्यालयको उत्तरपुस्तिका आफै जाँच गरेको, अनुत्तीर्ण भएका केही विद्यार्थीलाई अङ्क

केरमेट गरी उत्तीर्ण गराएको र उत्तीर्ण भएका केही विद्यार्थीलाई पूर्णाङ्ग भन्दा बढी अङ्क प्रदान गरिएको, एउटा प्रश्नको दुई ठाउँमा अङ्क प्रदान गरिएको, कम अंकलाई वृद्धि गरी उत्तरपुस्तिका बाहिर बढी अंक चढाइएको र प्राप्ताङ्क घटीबढी पारी कम्प्युटरमा इन्ट्री गरेको पाइएको छानबिन समितिको प्रतिवेदनमा उल्लेख छ ।

परीक्षा अनियमिततामा संलग्न छानबिन समितिले परीक्षा सम्बन्धी गतिविधिहरूलाई प्रभावकारी रूपमा निरीक्षण, निर्देशन र अनुगमन नगरेका कारण परीक्षा तथा नतिजा प्रकाशनमा अनियमितता मौलाएको निष्कर्ष निकाल्दै पदीय हिसाबले शाखा प्रमुख हमाललाई दोषी ठहर गरेको छ । परीक्षा शाखाका अधिकृत मिजार उत्तरपुस्तिकामा अंक थप गर्ने, साबिकको अंकलाई केरमेट गरी नयाँ कायम गर्ने, अंक थप गर्ने लगायत परीक्षासम्बन्धी सम्पूर्ण अनियमितताको प्रमुख जिम्मेवार रहेको प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदनले नगर शिक्षाका प्राविधिक सहायक कर्मचारी बल बहादुर नेपाली र नगर शिक्षा शाखाका कार्यालय सहयोगी भरत थारुलाई समेत दोषी देखाएको छ ।

प्रतिवेदनमा शिक्षक डम्बर बहादुर खत्री, कुवेर ढकाल, रमेश कुमार थारु, उमेश के.सी समेतले परीक्षाको मर्यादा विपरीत कार्य गरेकोले दोषी रहेको उल्लेख छ ।

कोहलपुर सिटी एकेडेमीका सञ्चालक प्रशान्त रिजाल, शिक्षिका हीरा केसी, आभास विक्रम क्षेत्री, शिक्षण सहजकर्ता रोमिना खत्री, बाल विकास शिक्षिका राधिका मल्ल, तारा चन्दलाई पनि प्रतिवेदनले दोषी देखाएको छ । शिक्षक आशा देवकोटा र रबिन बम छानबिनको क्रममा सम्पर्क विहीन रहेको प्रतिवेदनमा उल्लेख छ ।

छानबिन समितिका सदस्य सचिव एवं नगर प्रहरी प्रमुख वीर बहादुर थापाका अनुसार छानबिनका क्रममा निजामती कर्मचारी, शिक्षक तथा कर्मचारी गरेर १६ जना दोषी देखिएका हुन् । उनका अनुसार छानबिन समितिले २० जनासँग बयान लिएको उनीहरू दोषी देखिएका हुन् ।

कारबाहीका लागि आयोग र प्रहरीमा पत्राचार

छानबिन समितिले बुझाएको प्रतिवेदनका आधारमा नगरपालिकाले कारबाही प्रक्रिया अगाडि बढाएको छ । छानबिन समितिको प्रतिवेदन अनुसार केही कर्मचारीलाई विभागीय कारबाही र केही कर्मचारीलाई शिक्षा ऐन अनुसार कारबाही प्रक्रिया अगाडि बढेको छ । पालिकाले निजामती कर्मचारीहरूका बारेमा लोक सेवा आयोग र शिक्षकहरूका बारेमा प्रहरीमा पत्राचार गर्न निर्देशन दिएको छ । कारबाही प्रक्रिया अघि बढाउन प्रमुख प्रशासकीय अधिकृतलाई निर्देशन दिएको कोहलपुर नगरपालिकाका नगर प्रमुख पूर्णप्रसाद आचार्यले बताए ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धोलकराज ढकालले नगरपालिकाको निर्णय अनुसार कारबाहीको लागि पत्राचार गरिसकिएको जानकारी दिए । ‘विभागीय

कारबाहीका लागि प्रक्रिया सुरु भइ सकेको छ । ‘चेतावनी दिनुपर्ने निजामती कर्मचारीहरूलाई पनि पालिकाले पत्राचार गरिसकेको छ,’ उनले भने, ‘निजामती

कर्मचारीहरूलाई निजामती ऐन अनुसार प्रक्रिया अगाडि बढेको छ । शिक्षासँग सम्बन्धित शिक्षक तथा कर्मचारीहरूका सम्बन्धमा प्रहरी कार्यालयमा पठाइएको छ।’

शिक्षा तथा खेलकुद शाखा प्रमुख राम बहादुर हमालले आफूले शिक्षा तथा खेलकुद शाखाका अधिकृत रविलाल मिजारलाई दिएको अख्तियारी दुरुपयोग भएको बताए । छोटो प्रतिक्रिया दिँदै उनले भने, ‘मिडियाबाजी बढी भएको हो ।’ 

निलम्बनमा परेका मिजार एक महिनाको लागि बिदामा छन् । आधारभूत तह कक्षा ८ को परीक्षामा सामुदायिक तथा संस्थागत गरी ५२ वटा विद्यालयका दुई हजार आठ सय ६४ जना विद्यार्थीले परीक्षा फारम भरेको थिए । गत चैत २ देखि ९ गतेसम्म सञ्चालित परीक्षामा दुई हजार आठ सय ११ जना विद्यार्थी सहभागी भएका थिए ।

परीक्षाको नतिजा चैत २३ गते प्रकाशित भएको थियो । जसमा एक हजार ७८ जना विद्यार्थी उर्तिण भएका थिए । नतिजा प्रकाशन लगत्तै परीक्षा संचालन, उत्तरपुस्तिका परीक्षण तथा नतिजा प्रकाशनमा अनियमितता भएको भन्दै कोहलपुर नगरपालिकामा लिखित र मौखिक उजुरी परेको थियो ।

प्रतिक्रिया दिनुहोस