६ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

स्थगित भयो शिक्षक महासंघको कार्यसमिति घोषणा सभा

अ+ अ-

काठमाडौँ। आज हुने भनिएको शिक्षक महासंघको कार्यसमिति घोषणा सभा स्थगित भएको छ ।

महासंघका मुख्य घटक संस्थाहरू नेपाल राष्ट्रिय शिक्षक संगठन र नेपाल शिक्षक संघबीचको विवाद नमिलेकाले कार्यसमिति घोषणा सभा स्थगित भएको हो ।

यी दुई संगठनबीचको विवादका कारण १०, ११ र १२ वैशाखमा भएको दोस्रो महाधिवेशनमा कार्यसमिति बन्न नसकेपछि १७ वैशाखमा नयाँ कार्यसमिति घोषणा सभा गर्ने जनाइएको थियो ।

तर, संगठनलाई मिलाएर जानको लागि आज घोषणा सभा गर्न सम्भव नभएको नेपाल शिक्षक संघका महासचिव ज्ञानेन्द्र रावलले जानकारी दिए ।

वार्ता गरिरहेको भए पनि निष्कर्षमा पुग्न नसकेको वार्ता समिति सदस्य होमकुमार थापाले बताए । संगठनले पुरानो सदस्यताको आधारमा (०७८ सालको) राखिएकोले मान्य नहुने, अध्यक्षता पाउनुपर्ने जिल्लाहरूमा नदिइएको र स्थानीय तह, जिल्ला, प्रदेशको अधिवेशन सकेर मात्रै राष्ट्रिय महाधिवेशन हुनुपर्ने अडान राखेर नेपाल राष्ट्रिय शिक्षक संगठनले बहिष्कार गरेको थियो ।

संघ निकट महासचिव लक्ष्मी किशोरको नेतृत्वमा १० गते नेपाल राष्ट्रिय शिक्षक संगठनको विरोधका बाबजुद महाधिवेशन भएको थियो ।

उद्घाटन सत्रमा महासंघकी अध्यक्ष कमला तुलाधर (नेपाल राष्ट्रिय शिक्षक संगठन निकट) उपस्थित नभएपछि सहअध्यक्ष नानीमाया पराजुलीको अध्यक्षतामा भएको थियो ।

संगठनको बहिष्कारका कारण नयाँ कार्यसमिति नबनेपछि १७ गते कार्यसमिति घोषणा गर्ने भनेर बन्दसूची बुझेर समापन भएको थियो ।

प्रतिक्रिया दिनुहोस