६ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

लगानी सम्मेलनः स्वदेशी परियोजनामा विदेशी साझेदार

अ+ अ-

काठमाडौँ । काठमाडौँमा हिजोदेखि सुरु भएको तेस्रो लगानी सम्मेलनमा नेपालले ‘लगानीमा साझेदारी’ को नीतिअनुसार ठूलो लगानीका मुख्य परियोजना अगाडि बढाउने सोच राखेको छ । त्यसका लागि ठुला परियोजना निर्माणमा स्वदेशी लगानी पर्याप्त नहुने भन्दै नेपालले विदेशी लगानीकर्तालाई ‘लगानी साझेदार’ बन्न बढी जोड गरिरहेको देखिन्छ ।

लगानी बोर्डका अनुसार सम्मेलनको पहिलो दिन दुई हजार एक सय ६३ जनामध्ये छ सय ८० जना विदेशी प्रतिनिधि सहभागी भएका छन् । त्यसमा पनि छिमेकी मुलुक भारतबाट एक सय ८६ र चीनबाट दुई सय ४० जनाको सहभागिता रहेको थियो । ६० देशका प्रतिनिधि एक थलोमा जम्मा भएको अवसरको सदुपयोग गर्दै नेपालले उनीहरूलाई ठुला परियोजनामा लगानी साझेदारीका लागि आग्रह गरिरहेको छ । उनीहरूलाई आश्वस्त पार्न नेपालमा लगानीमैत्री वातावरण रहेको सकारात्मक सन्देश प्रवाहका लागि पनि नेपालले भरमग्दूर प्रयास गरिरहेको छ ।

लगानी सम्मेलन उद्घाटन सत्रलाई सम्बोधन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल बाह्य र आन्तरिक लगानीका लागि उपयुक्त स्थान रहेको भन्दै ढुक्क भएर लगानी गर्न आह्वान गरेका थिए । उनले नेपालले विदेशी लगानीकर्तालाई सबल नियामक ढाँचा, दोहोरो करबाट मुक्ति, बौद्धिक सम्पत्ति अधिकारको संरक्षण, प्रतिस्पर्धात्मक व्यावसायिक कर प्रणालीलगायत महत्वपूर्ण व्यवस्थाको सुनिश्चितता प्रदान गरेको बताएका थिए ।

त्यस्तै, अर्थमन्त्री वर्षमान पुनले पनि लगानी प्रवर्द्धन र कानुनी सुधारको सन्देशले लगानीकर्तामा सकारात्मक सन्देश प्रभाव भएको विश्वास व्यक्त गरेका थिए ।

त्यस्तै, नेपाल उद्योग वाणिज्य महासङ्घ र नेशनल चेम्बर अफ कमर्स, मलेसियाबीच द्विपक्षीय व्यापार तथा लगानी प्रवर्द्धनका लागि सहकार्य गर्नेसम्बन्धी अर्को सम्झौता भएको थियो । यो सम्झौतामा भने महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकाल र चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्री मलेसियाका अध्यक्ष तान श्री दातो थायन लाइले हस्ताक्षर गरे ।

गैरआवसीय नेपाली सङ्घ (एनआरएनए) का अभियन्ता कूल आचार्यले सम्मेलनले नेपालमा लगानीको वातावरण राम्रो बन्दै गएको र लगानीको प्रचुरसम्भावना रहेको सन्देश दिएकाले स्वदेशी तथा विदेशी लगानीकर्तामा उत्साह बढाएको बताए । “नेपाल लगानीका लागि प्रचुरसम्भावना भएको क्षेत्र हो । जलविद्युत्, पर्यटन, कृषि लगायतका क्षेत्र लगानीका प्रमुख क्षेत्र हुन्,” उनले भने, “लगानीका लागि थप उपयुक्त वातावरण बनाउनसकेमा गैरआवसीय नेपाली पनि सच्चा विकासको साझेदारी बन्न सक्छन् ।”

यसैगरी नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्वअध्यक्ष भवानी राणाले पनि लगानी सम्मेलनकै पूर्वसन्धामा सरकारले ल्याएको अध्यादेशले लगानीमैत्री वातावरण बन्न सघाउ गुन्ने विश्वास व्यक्त गरे । “सरकारले लगानीमैत्री वातावरण बनाउन रहेक पक्षमा सहजीकरण गर्न तयार छ भन्ने सन्देश प्रवाह भएको छ । यसले हामी स्वदेशी उद्यमीदेखि विदेशी लगानीकर्तालाई समेत उत्साहित बनाएको छ”, राणाले भने ।

प्रतिक्रिया दिनुहोस