९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

लगानी गर्न विश्व बैंक र एसियाली विकास बैंकका उपाध्यक्षलाई ऊर्जा मन्त्री बस्नेतको आग्रह

अ+ अ-

काठमाडौँ । ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले माथिल्लो अरुण, दूधकोशी र नलगाड जलविद्युत् आयोजनामा लगानी गर्न विश्व बैङ्क र एसियाली विकास बैङ्कका उच्च पदाधिकारीलाई आग्रह गरेका छन् । 

यी तीनवटै आयोजना निर्माणमा जान ठिक्क परेका आयोजना भएकाले नेपाललाई सहुलियतपूर्ण ऋण उपलब्ध गराउन मन्त्री बस्नेतले आग्रह गरेका हुन् । एक हजार ६३ मेगावाट क्षमताको माथिल्लो अरुणमा विश्व बैङ्क, एसियाली विकास बैङ्कलगायतले सहवित्तीयकरणमा लगानी गर्ने तयारी गरेका छन् ।

यस्तै, छ सय ३५ मेगावाट क्षमताको दूधकोशी जलविद्युत् आयोजनामा एसियाली विकास बैङ्कले लगानीका लागि प्रतिबद्धता जनाएको छ । चार सय १७ मेगावाट क्षमताको नलगाड जलविद्युत् आयोजनामा जापानी अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)ले लगानीका लागि प्रारम्भिक इच्छा व्यक्त गरेको भए पनि प्रक्रिया अगाडि बढेको थिएन ।

विश्व बैङ्क र एसियाली विकास बैङ्कका उपाध्यक्षलगायत अधिकारीलाई मन्त्री बस्नेतले जलवायु परिवर्तनमा नेपालको भूमिका न्यून भए पनि त्यसबाट सबैभन्दा बढी प्रभावित भएकाले सहुलियतपूर्ण ऋण र जलवायु कोषबाट प्राथमिकता पाउनुपर्ने बताए ।

मन्त्री बस्नेतले नेपालको ऊर्जा उत्पादनमा भौगोलिक सन्तुलन र आर्थिक तथा सामाजिक विकासका लागि पनि ती आयोजना आवश्यक रहेको तथ्य पेस गर्दै लगानीका लागि आग्रह गरे । जवाफमा विश्व बैङ्क र एसियाली विकास बैङ्कका उपाध्यक्षलगायत अधिकारीले नेपालको आवश्यकतालाई सम्बोधन गर्ने गरी सहुलियतपूर्ण ऋण, व्यवसायी ऋण वा अन्य कुनै वित्तीय उपकरणमार्फत आवश्यक सहजीकरण गर्न तयार रहेको बताएका थिए । लगानी सम्मेलनमा सहभागी हुन आएका विश्व बैङ्कका उपाध्यक्ष मार्टिन रेजर र एसियाली विकास बैङ्कका उपाध्यक्ष यिङ मिङ यान लगायत अधिकारीले आज ऊर्जा मन्त्रालयमा ऊर्जा मन्त्री बस्नेतसँग शिष्टाचार भेटवार्ता गरेका थिए ।

प्रतिक्रिया दिनुहोस