८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मिसन ८४ पूरा गर्न सत्ता गठबन्धन गरिएको ईश्वर पोखरेलको दाबी 

अ+ अ-

पर्सा । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का वरिष्ठ उपाध्यक्ष एवम् पूर्वउपप्रधानमन्त्री ईश्वर पोखरेलले मिसन ८४ पूरा गर्न वर्तमान सत्ता गठबन्धन बनाएको जानकारी दिए । 

नेपाल कम्युनिष्ट पार्टी (एमाले) पर्साको नवौँ जिल्ला अधिवेशनको उद्घाटन सत्रलाई आज वीरगञ्जमा सम्बोधन गर्दै उपाध्यक्ष पोखरेलले एमालेलाई सिध्याउने मनसाय राखी बनाएको सत्ता गठबन्धन नभई २०८४ सालमा हुने आम निर्वाचनमा एमालेलाई बहुमत हासिल गर्ने योजनाअनुसार वर्तमान सत्ता समीकरण बनाइएको प्रस्ट पारे ।

उनले विकासको कुरा नगर्ने, भ्रष्टाचार, विभेद र छुवाछूतविरुद्ध नबोल्ने एमालेका कार्यकर्ता हुनै नसक्ने बताए । समाजिक सद्भावलाई खलल पुर्‍याउने र हिन्दुलाई मुस्लिमसँग जुधाउने विरुद्ध खडा हुन नसक्ने एमालेका कार्यकर्ता हुन नसक्ने उनले प्रस्ट पारे । एमालेका कुनै पनि नेता वा कार्यकर्ता जातीय सद्भावलाई खलबलाउने कार्यमा संलग्न भएमा दण्डको भागिदार हुने उनले बताए । धार्मिक, सामाजिक सद्भाव र आपसी भाइचाराले मात्र मुलुक बलियो नेपाली समाज समृद्ध हुन सक्ने उनको भनाइ थियो । 

एमाले पर्साका इन्चार्ज विश्वम्भर शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा  एमालेका सचिव एवम् मधेस प्रदेश इन्चार्ज योगेश भट्टराईले मुलुकमा उद्योग-व्यवसायको विकास नभई समृद्धिको लक्ष्य हासिल गर्न नसकिने भएकाले वीरगन्जको चिनी कारखाना, कृषि औजार कारखानाजस्ता बन्द भएका उद्योगलाई पुनः सञ्चालन गर्न  सरकारलाई अपिल गरे । 

उनले समग्र तराईकै विकासको सम्भावना बोकेको हुलाकी राजमार्गको अधुरो कामलाई चाँडै पूरा गर्न सरकारलाई आग्रह गरे । 

प्रतिक्रिया दिनुहोस