काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली इलाम पुगेका छन् । इलाम-२ को उपनिर्वाचनमा सुहाङ नेम्वाङ विजयी भएपछि उनलाई बधाई साथै खुसी साट्न ओली इलाम पुगेका हुन् ।
ओली मंगलबार काठमाडौँबाट दमक हुँदै इलाम पुगेका हुन् । आजै ओलीले विजयी सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
वैशाख १५ गते भएको निर्वाचनमा सुहाङले नेपाली काँग्रेसका डम्बर खड्कालाई ५८३० भोटले पछि पार्दै विजयी हासिल गरेका थिए । सुहाङले २७ हजार ७७२ भोट प्राप्त गरे । उनका निकटतम प्रतिस्पर्धी काँग्रेसका खड्का २१ हजार ९४२ भोटमा रोकिएका थिए ।