७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

वैदेशिक रोजगारीमा ठगी मौलाउँदै, ४२२ जनाबाट ३ करोड ठग्ने गिरोह पक्राउ

अ+ अ-

काठमाडौँ । वैदेशिक रोजगारमा पठाइदिन्छु भनी ठगी गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ ।

बुल्गेरिया, न्युजिल्याड, रोमानिया, सर्विया, क्रोसिया समेतका देशहरूमा पठाउने भनी ४२२ जनालाई ठगी गर्ने गिरोहलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको हो । पक्राउ पर्नेमा भिसा प्लस प्रा.लि.का सञ्चालक धादिङ धनुबेशी ४ बस्ने जिवा गौतम भन्ने रमेश बयलकोटी र कालिकोट छाप्रे ६ का दर्शन नेपाली रहेको कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक रविन्द्र रेग्मीले जानकारी दिए ।

विदेश जानेहरूबाट सुरुमा ५० हजार, अफर लेटर आएपछि १ लाख ५० हजार, वर्क पर्मिट आएपछि २ लाख रकम लाग्छ भनी उनीहरूले ४२२ जनाबाट ३ करोड भन्दा बढी रकम उठाएको प्रहरीले जनाएको छ । उनीहरूले अर्कै व्यक्तिको नाममा कम्पनी तथा बैंक खाता खोल्न लगाई कम्पनीको नामबाट सिम कार्ड समेत दुरुपयोग गरी ठग्ने गरेका थिए । फेसबुक, ह्वाटसएप, टिकटक लगायतका सामाजिक सञ्जालहरूमा विदेश जानलाई विज्ञापन गरी ठगी गर्ने गरेको अनुसन्धानमा खुलेको छ ।

बयलकोटीले काठमाडौँ कीर्तिपुर नगरपालिका ६ बस्ने ललित जंग बमलाई प्रलोभनमा पारी भिसा प्लस प्रा.लि. कन्सल्टेन्सी दर्ता गर्न लगाएका थिए । अवसर रहेको भनी विज्ञापन गरी उक्त कन्सल्टेन्सीमा नै बोलाइ करिब ४२२ जनालाई ठगेको प्रहरीले जनाएको छ । बमकै उजुरीको आधारमा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।

ठगी कार्यमा संलग्न गिरोह भारतमा बसी काम गर्ने गरेको प्रहरीको अनुमान छ । प्रहरीले महाराजगन्ज स्थित कन्सल्टेन्सीबाट २० थान, दर्शन नेपालीको जडीबुटी स्थित कोठाबाट १ थान र जिवा गौतम भन्ने रमेश बयलकोटी बस्ने गरेको कोठा ललितपुर एकान्तकुनाबाट ६३ थान गरी ८४ थान राहदानी लगायत १८२ जनाको रेकर्ड फाइलहरू बरामद गरेको प्रवक्ता रेग्मीले जानकारी दिए ।

बमको नाममा खोलिएको बैंक खातामा पैसा आएपछि लक्षिन्द्र बहादुर शाहीको नाममा चेक काट्न लगाई रकम निकाल्ने गरेको प्रहरी अनुसन्धानमा खुलेको छ । उनीहरूले विभिन्न देशका लागि रकम समेत निर्धारण गरेको प्रहरीले जनाएको छ । न्युजिल्याण्ड १६ लाख, सर्बिया ७ लाख, बुल्गेरीया ७ लाख, साउदी अरब २ लाख ५० हजार, रोमानिया ७ लाख, टर्की १२ लाख, क्रोएसिया १२ लाख, र मकाउ १२ लाख निर्धारण गरिएको थियो ।

पक्राउ परेकाहरूलाई थप कारबाहीको लागि जिल्ला प्रहरी परिसर टेकु पठाइएको प्रवक्ता रेग्मीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस