१६ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

समाजलाई सही मार्गमा हिँडाउन सबै दल एक ठाउँमा उभिनु आवश्यक : नेता सिटौला

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका नेता कृष्ण प्रसाद सिटौलाले राजनीतिक दलहरु आपसमा विभाजित भएपनि समाजिक एकता र देश विकासका लागि एक ठाउँमा उभिनुपर्ने धारणा राखेका छन् ।

आज काठमाडौँमा आयोजित एक कार्यक्रममा उनले राजनीतिक दलहरु आपसमा विभाजित भएपनि समाजलाई विभाजनको बाटोतर्फ लैजान नहुनेमा जोड दिँदै समाजको प्रगतिका लागि एकजुट हुनुपर्ने बताए ।

उनले भने, ‘हामी विभिन्न राजनीतिक दलमा विभाजित भएका छौँ । तर हामीले विभाजित भएर समाजलाई हिनाउने होइन, सबै राजनीतिक दलका नेता र कार्यकर्ताले यो कुरा बुझ्न आवश्यक छ । आजको दिनमा समाजको प्रगतिको लागि हामी एक ठाउँमा जुट्नै पर्छ, एकै ठाउँमा बस्नै पर्छ र यसमा गम्भीरतापूर्व विचार गर्नुपर्छ ।’

समाजको प्रगतिमा नै सबैको प्रगति हुने बताएका उनले सामाजिक एकता,सद्भाव र सहकार्य गर्नुपर्नेमा जोड दिए । एक आपसमा दलहरु झगडा र विरोध गरेर समाज विकास नहुने तर्क गरेका उनले सिङ्गो नेपाल र नेपाली जनताको बारेमा सोचेर राजनीतिक दलले एक ठाउँमा उभिएर काम गरे मात्र राष्ट्र बलियो हुने धारणा राखे ।

कार्यक्रममा सहिद गङ्गालालको योगदानको स्मरण गरेका उनले विभिन्न आन्दोलनहरुमा ज्यानको आहुती दिएका सहिदहरुले देश विकासका लागि देखेका सपना पूरा गर्न सरकारमा सहभागी सबै दलहरु एकजुट हुन आवश्यक भएको उल्लेख गरेका हुन् । राष्ट्रलाई बलियो बनाउने अभियानको थालनी समाजबाटै गर्नुपर्ने भनाई उनको थियो ।

‘सहिदहरुले आम जनताको अधिकार प्राप्ति, आर्थिक प्रगति, सामाजिक सद्भाव एवं सिङ्गो राष्ट्रिय एकताका लागि सबै लाग्नुपर्ने भन्दै उनले थपे, ‘हामीले ठुला ठुला राजनीतिक आन्दोलन गरेर देशलाई यहाँसम्म ल्याएका छौँ । अब समाजलाई सही बाटोमा हिँडाउने,समाजमा कोही पनि मानिस पछि नपरोस् भनेर सोच्ने बेला आएको छ । आर्थिक रुपमा पछाडि परेकाहरूको लागि हामीले गम्भीर भएर सोच्नुपर्ने बेला आएको छ,’ नेता सिटौलाले भने ।

प्रतिक्रिया दिनुहोस