६ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ट्रेड युनियन भित्रको अराजकता र प्रशासकभित्रको स्वेच्छाचारिता अन्त्य गर्नुपर्छ : अध्यक्ष भट्ट

अ+ अ-

काठमाडौँ । नेपाल राष्ट्रिय कर्मचारी संगठनका अध्यक्ष अम्बादत्त भट्टले ट्रेड युनियन आन्दोलनभित्रको अराजकता अन्त्य हुनुपर्ने बताएका छन् ।

१३५ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै अध्यक्ष भट्टले ट्रेड युनियन आन्दोलनभित्रको अराजकता र प्रशासकभित्रको स्वेच्छाचारिताको अन्त्य हुनुपर्नेमा जोड दिएका हुन् ।

‘संविधानमा श्रमसम्बन्धी हकलाई मौलिक हकको रूपमा व्यवस्था गरिएकोले श्रमिकलाई उचित श्रम अभ्यासको हकसहित आफ्नो हित रक्षाका निमित्त ट्रेड युनियन खोल्ने, सङ्गठित हुने र सामूहिक सौदाबाजी गर्ने हकलाई प्रत्याभूत गरेकोले ट्रेड युनियन आन्दोलनभित्र देखिने अराजकता र प्रशासकभित्र देखिने स्वेच्छाचारिताको अन्त्य गर्दै संवैधानिक व्यवस्थालाई व्यवहारमा कार्यान्वयन गर्नु नै श्रमजीवी क्षेत्रका सङ्गठनहरूको महत्त्वपूर्ण कार्यभार हो,’ भट्टले भनेका छन् ।

सङ्गठनले स्वदेशमा रोजगारी सिर्जनामा जोड दिँदै वैदेशिक रोजगारीलाई थप सुरक्षित, व्यवस्थित तथा मर्यादित बनाउन सरकारसँग मागसमेत गरेको छ ।

‘युवा एवं बौद्धिक जनशक्तिको पलायन रोक्न स्वदेशमा रोजगारीको पर्याप्त अवसर उपलब्ध गराई उनीहरूको ज्ञान, सीप र ऊर्जा देश विकासमा लगाउन सरकारको निरन्तर प्रयासमा हाम्रो सदैव साथ र सहयोग रहनेछ,’ विज्ञप्तिमा भनिएको छ ।

प्रतिक्रिया दिनुहोस