७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जुम्लामा ‘सामुदायिक मानसिक स्वास्थ्य’सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन हुँदै

अ+ अ-

कर्णाली । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा ‘सामुदायिक मानसिक स्वास्थ्यसम्बन्धी अन्तर्राष्ट्रिय प्रथम सम्मेलन’ हुने भएको छ ।

हार्वर्ड युनिभर्सिटी म्यासाचुसेट्स जनरल हस्पिटल साइक्याट्रिक डिपार्टमेन्ट अमेरिका र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला नेपालको सहकार्यमा ‘सामुदायिक मानसिक रोगसम्बन्धी अन्तर्राष्ट्रियस्तरको प्रथम सम्मेलन जुम्लामा यही वैशाख २२–२३ गते दुई दिनसम्म सञ्चालन हुने भएको हो ।

कर्णालीमा सामान्यतः एक जना मानिसक रोग विशेषज्ञ जान नसक्ने ठाउँका नागरिक सबैका लागि मानसिक स्वास्थ्य र सेवाको पहुँच पुर्‍याउने उद्देश्यले अन्तराष्ट्रियस्तरको सम्मेलन गर्न थालिएको हार्वर्ड युनिभर्सिटीको फ्याकल्टी डा. श्रीधर पौडेलले जानकारी दिए ।

उक्त सम्मेलनमा अमेरिकाबाट चार र नेपालभरिबाट ९० भन्दा बढी मानसिक रोग विशेषज्ञ, मनोवैज्ञानिक तथा मनोपरामर्शदाताहरू सहभागी हुने उनले बताए । डा. पौडेलका अनुसार उक्त सम्मेलनमा करिब ५० मानसिक रोगसम्बन्धी कार्यपत्र प्रस्तुत हुनेछन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव, कर्णाली प्रदेश सरकारका सामाजिक विकासमन्त्री, स्थानीय सरकारका प्रमुख तथा गैरसरकारी सङ्घसंस्थाका प्रतिनिधि सम्मेलनमा सहभागिता रहनेछन् ।

यता कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका उपकुलपति डा. मङ्गल रावलले दुनियाँको सबैभन्दा सुगम हार्वर्ड युनिभर्सिटी र अत्यन्तै दुर्गममा अवस्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान मिलेर गर्न थालिएको मानसिक स्वास्थ्यसम्बन्धीको अन्तर्राष्ट्रिय सम्मेलनले नेपाललगायत कर्णालीका नागरिकको स्वास्थ्य अवस्थामा उल्लेख्य प्रगति हुने बताए । “जुम्लामा सम्मेलनमात्र हुने छैन”, उनले भने, “हार्वर्ड युनिभर्सिटी र कर्णाली स्वास्थ्य विज्ञानबीच स्वास्थ्य शिक्षा, अनुसन्धान र सेवामा सहकार्य र साझेदारी हुनेछ ।”

प्रतिष्ठानका जनरल प्राक्टिक्स एण्ड इमर्जेन्सी विभाग प्रमुख डा. तुला गुप्ताले दुर्गम क्षेत्रका नागरिकको मानसिक स्वास्थ्य अवस्थालाई ध्यानमा राखेर विभिन्न चुनौतीका बाबजुद पनि जुम्लामा सम्मेलन गर्न थालिएको बताए । उनले भने, “सम्मेलनमा विशेषज्ञ विज्ञहरूबाट मानसिक स्वास्थ्यसम्बन्धीका कार्यपत्र पेस हुनेछन् । सम्मेलनले पाँच वर्षमा कर्णाली र यहाँको स्वास्थ्य अवस्थालाई कहाँ पुर्‍याउने विषयमा ‘जुम्ला घोषणापत्र’ जारी गर्नेछ ।”

एक सयभन्दा बढी सरोकारवालाहरूको सहभागिता रहने उक्त सम्मेलनमा सेन्टर फर मेन्टल हेल्थ एण्ड काउन्सेलिङ (सिएमसी) नेपाल, हेल्थ फाउण्डेसन, एकीकृत मानसिक स्वास्थ्य केन्द्र (एनआइओएमएच) र नेपाल हेल्थ कोप्र्स साझेदार निकायका रूपमा काम गर्ने प्रतिष्ठान जुम्लाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस