७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राप्रपाले भन्यो-आफ्नै सांसद जोडिएको सहकारी हिनामिनामा छानबिन गर

अ+ अ-

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पार्टीकी प्रतिनिधिसभा सांसद गीता बस्नेत जोडिएको सहकारी बचत हिनामिना प्रकरणमा स्वतन्त्र छानबिन गर्न सरकारलाई आग्रह गरेको छ ।

पार्टीको केन्द्रीय कार्यसम्पादन समिति बैठकले सांसद बस्नेतमाथि सरकारको जिम्मेवार निकायबाट निष्पक्ष छानबिन हुनुपर्ने माग गरेको हो ।

सांसद बस्नेत सञ्चालक रहेको कम्पनीबाट सहकारीको बचत अपचलन भएको विषय सार्वजनिक भएपछि राप्रपाले छानबिनमा सहयोग गर्न सांसद बस्नेतलाई निर्देशनसमेत दिएको छ ।

‘राप्रपाकी प्रतिनिधि सभा सदस्य गीता बस्नेतको कम्पनीबाट सहकारीको रकम अपचलन भएको भन्ने विषय सञ्चारमाध्यममा सार्वजनिक भएकामा सोसम्बन्धी छानबिनमा सघाउ पुर्‍याउन निजलाई निर्देशन दिइयो । साथै, उक्त घटनाका विषयमा नेपाल सरकारको जिम्मेवार निकायबाट निष्पक्ष छानबिन गर्न र सहकारीको रकम अपचलन सम्बन्धित त्यस्तै प्रकारका घटनामा संलग्न अन्य व्यक्तिहरूमाथि पनि स्वतन्त्र छानबिन गर्न राप्रपा सरकारसँग माग गर्दछ,’ प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

चितवनको सनराइज, पूर्वी नवलपरासी (नवलपुर) को छिपछिपे र बर्दियाको नमस्ते सहकारीबाट १६ करोड ५८ लाख रुपैयाँ बिनाधितो ऋण लिएर आफ्नो समूहको रिसोर्टमा लगानी गरेको आरोपमा सांसद बस्नेतविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । नवलपुर जिल्ला प्रहरीको अनुसन्धानका आधारमा जिल्ला सरकारी वकिलको कार्यालयले अघि बढाएको प्रक्रियाअनुसार जिल्ला अदालतले सांसद बस्नेतसहित १४ जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो ।

सम्बन्धित समाचार : सहकारी ठगी प्रकरणमा मुछिएकी राप्रपा सांसद बस्नेतविरुद्ध पक्राउ पुर्जी जारी

प्रतिक्रिया दिनुहोस