काठमाडौँ । नेपाली काँग्रेसले वैदेशिक रोजगार समन्वय तथा आप्रवासन विभागमा सदस्यहरू मनोनयन गरेको छ।
सभापति शेरबहादुर देउवाले काँग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २५ (९) बमोजिम सदस्य मनोनयन गरेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए।
उनका अनुसार विभागमा केन्द्रीय सदस्य प्रकाश रसाइली स्नेही रहेका छन्। सो समितिमा सभापति देउवाले १० सदस्यीय मनोनयन गरेका हुन्।
समितिमा चित्रबहादुर के.सी (रुपन्देही) हाल संयुक्त अरब इमिरेट्स, नवीन शेरचन (मुस्ताङ) हाल अमेरिका, राजेन्द्र अधिकारी (लमजुङ), जयश बोहरा (मोरङ), देवकुमार खोखाली (सिन्धुपाल्चोक), दीपक थापा (स्याङ्जा), महेश बस्नेत (उदयपुर), सुजित श्रेष्ठ (झापा), हिरादेवी बुढाथोकी (काठमाडौँ), सञ्जय पनेरु (गोरखा) छन् ।