१६ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दुई पालिकाका अग्नि पीडितलाई काठमाडौँ महानगरले १०-१० लाख सहयोग गर्ने

अ+ अ-

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले अग्नि प्रभावित दुई जिल्लाका दुई गाउँपालिकालाई राहत स्वरूप १०/१० लाख रुपैयाँ सहयोग गर्ने भएको छ ।

महानगरका अनुसार दाङको राजपुर गाउँपालिका र गुल्मीको इस्मा गाउँपालिकाका अग्नि प्रभावितलाई सो रकम अनुदान सहायता स्वरूप सहयोग गर्ने भएको हो ।

आगलागीबाट घर, गोठ, पशुचौपाया र धन सम्पत्ति क्षति बेहोरेका पीडितका लागि उक्त रकम सहयोग गर्ने निर्णय भएको महानगर विपद् व्यवस्थापन समितिले जनाएको छ ।  यो रकम महानगरपालिकाको विपद् व्यवस्थापन कोषबाट पठाइने निर्णय भएको महानगरले जनाएको छ ।

दाङको राजपुर गाउँपालिका-७ स्थित हाटबास क्षेत्रमा १६ वैशाखमा आगलागी हुँदा २५ वटा घर र ३५ वटा गोठ जलेर नष्ट भएको थियो ।

यस्तै ८ र ९ वैशाखमा गुल्मीको इस्मा गाउँपालिकाका विभिन्न स्थानमा आगलागी हुँदा २८ वटा घर र ५१ वटा गोठ जलेर नष्ट भएको थियो ।

काठमाडौं महानगरले यसअघि महोत्तरीको मटिहानी नगरपालिका-६ जरलहवा टोलका आगलागी पीडितलाई १० लाख रुपैयाँ सहयोग उपलब्ध गराएको थियो ।

प्रतिक्रिया दिनुहोस