६ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जन्मदिनमा एक करोड बराबरको जग्गा दान

अ+ अ-

धरान । धरान उपमहानगरपालिका-१४ विजयपुरका बृखबहादुर डङ्गोलले ९०औँ जन्मदिनको अवसरमा रु. एक करोड बराबरको जग्गा दान गरेका छन् । 

उनले ९० वर्ष पुगेको अवसरमा आज प्राडा टङ्कप्रसाद न्यौपानेले सञ्चालन गरिरहेको ‘प्राडा टङ्कप्रसाद न्यौपाने अध्ययन अनुसन्धान केन्द्र’ र देश सुब्बाले सञ्चालन गरिरहेका  ‘भयवाद अध्ययन केन्द्र नेपाल’ लाई रु। एक करोड बराबरको ११ धुर जग्गा प्रदान गरेका हुन् । 

‘प्राडा टङ्क प्रसाद न्यौपानेको अध्ययन अनुसन्धान केन्द्र’ पाँच वर्षअगाडी स्थापना भएको थियो भने, देश सुब्बाको भयवाद दर्शनमा आधारित ‘भयवाद अध्ययन केन्द्र’ हालै स्थापना भएको हो ।

संस्था दर्ता गराए पनि व्यवस्थित रूपमा कार्यालय सञ्चालनका लागि जग्गा र भवन नभएको अवस्थामा डङ्गोलले जग्गा दान गरोका प्रा. डा. न्यौपानेले बताए । डङ्गोलले प्रदान गरेको जग्गा धरान १४ स्थित आदिवासी जनजाति सङ्ग्रहालय भवनको पश्चिममा पर्ने रुप्से पोखरीदेखि विजयपुर जाने बाटोमा रहेको छ ।

९० वर्षीय डङ्गोलले प्राज्ञिक अध्ययन अनुसन्धानका लागि स्थापना भएको संस्थालाई आफूले जग्गा दान गर्न पाउँदा खुसी लागेको बताए । आफूसँग धेरै जग्गा भएर नभई भावी पुस्तालाई अध्ययन अनुसन्धानमा सहजता होस् भनेर आफूले जग्गा दिएको प्रतिक्रिया दिए । डङ्गोलले धरानका विद्यालय, प्रहरी चौकीलगायत विभिन्न सङ्घसंस्थालाई नगदी र जिन्सी सहयोग गर्दै आएका छन् ।  

प्रतिक्रिया दिनुहोस