८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सुदूरपश्चिममा विश्वासको मत दिन हतार गर्ने बेला भएको छैन : एमाले

अ+ अ-

काठमाडौँ । नेकपा एमाले सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता राजेन्द्रसिंह रावलले मुख्यमन्त्री दीर्घ सोडारीलाई विश्वासको मत दिन हतार गर्नुपर्ने अवस्था नरहेको बताएका छन् ।

एमाले अध्यक्ष केपी शर्मा ओली तथा महासचिव शङ्कर पोख्रेलसँगको संवादपछि संसदीय दलका नेता रावलले प्रदेशमा आफ्ना सांसदहरूलाई भेटवार्ताको विषयमा जानकारी गराएका हुन् ।

उनले मुख्यमन्त्री सोडारीले अहिले विश्वासको मतको लागि हतार गरिरहेको भए पनि आफ्नो पार्टीले त्यस विषयमा थप परामर्श र छलफल गरिरहेको सांसदहरूलाई जानकारी गराएका थिए ।

रावलले शनिबार ओली र पोख्रेलसँग भेटवार्ता गरेका थिए । भेटमा रावलसँग प्रमुख सचेतक सुरेन्द्र पाल पनि थिए ।

‘हामीलाई केन्द्रीय अध्यक्ष र महासचिवले सुदूरपश्चिम प्रदेशमा हतार गर्नुपर्ने अवस्था नरहेको र छलफलपछि मात्रै यस विषयमा निर्णय लिइने बताउनुभएको छ’, उनले सांसदहरूलाई भने, ‘विश्वासको मत नलिने भन्ने होइन, कहिले दिने भन्ने विषयमा छलफल जारी छ ।’

मुख्यमन्त्री सोडारीले वैशाख २० गते नै विश्वासको मत लिने तयारी गरेका थिए । तर, एमालेले शीर्ष नेताहरूसँग परामर्श नगरी विश्वासको मत दिन नसकिने बताएपछि सोडारीले २१ गते ५ बजेका लागि आह्वान गरेको बैठक २२ गते ५ः३० बजेको लागि सार्न लगाएका थिए । एमालेले परामर्श नगरी बैठक आह्वान गरेको भन्दै तत्काल विश्वासको मत नलिने दोहोर्‍याएको थियो ।

अध्यक्ष ओली र महासचिव पोख्रेलले पनि तत्काल हतार नगर्न भनेपछि अहिले एमालेले विश्वासको मतका लागि शीर्ष नेताहरूको निर्देशन पर्खने भएको छ ।

सोमबार एमाले संसदीय दलका उपनेता सन्तोष शर्मा र सांसद चक्र मल्लले पार्टीको नीति र निर्देशनअनुसार अगाडि बढ्ने बताएका थिए । उनीहरू दुवै जनालाई दलका नेताले अध्यक्ष र महासचिवसँग भएको संवादहरूको बारेमा जानकारी गराएका हुन् ।

प्रतिक्रिया दिनुहोस