८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रधानमन्त्रीले भने-अनेक गरिन्छ तर सरकारलाई पूरै अवधि लगिन्छ

अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जसरी भए पनि सरकारलाई पूरा अवधि चलाउने बताएका छन् ।

सुनकोशी मरिण डाइभर्सनको सुरुङ ‘ब्रेक थ्रु’पछि बुधबार सिन्धुलीको सुनकोशी गाउँपालिकामा कार्यकर्ताहरूसँग प्रधानमन्त्री ‘प्रचण्ड’ले अनेक गरेर भए पनि सरकारलाई पूरै अवधि चलाउने बताएका हुन् ।

उनले भने, ‘अनेक गरिन्छ तर सरकारलाई पूरै अवधि लगिन्छ, दुबिधा नरहोस् ।’

‘प्रचण्ड’ले वर्तमान सरकार बनेपछि विकास निर्माण, शिक्षा, स्वास्थ्य आदि क्षेत्रमा युगान्तकारी काम भएको दाबी गरेका छन् ।

‘नीति कार्यक्रम र बजेटमार्फत आमनागरिकमा भरोसा स्थापित गर्ने प्रयास हुनेछ,’ उनले भने, ‘विकासको नयाँ युग सुरु हुन्छ, नीति कार्यक्रम र बजेट एक अर्काको पूरक हुनेछन् ।’

सूचना प्रविधि र कृषिलाई केन्द्रित गरेर नीति बनाइरहेको प्रधानमन्त्रीले बताए ।

‘आर्थिक अवस्था संकटमुक्त भइसकेको छैन । तर मैले नेतृत्व लिए यता धेरै सकारात्मक परिवर्तन भएका छन् । सन्तोषजनक नभए पनि प्रगति राम्रै छ,’ ‘प्रचण्ड’ले भने ‘लगानी सम्मेलनपछि विदेशी लगानी भित्रिँदै जाने र विकास बढ्दै जाने अवस्था बनेको छ । विदेशी मुलुकका उच्चस्तरको राजनीतिक भ्रमणले अत्यन्त राम्रो वातावरण बनेको छ ।’

प्रतिक्रिया दिनुहोस