९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दुईवटा एग्रोभेटमा सिलबन्दी

अ+ अ-

चितवन । दुईवटा एग्रोभेटमा ताला लगाइएको छ । प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापक केन्द्र हरिहरभवन ललितपुर र कृषि विकास कार्यालय चितवनले आज यहाँ गरेको संयुक्त अनुगमनका लापरबाही भेटिएपछि ती एग्रोभेटमा सिलबन्दी लगाइएको हो ।

सो क्रममा नारायणगढमा सञ्चालित प्रधान एग्रो इ र भरतपुरमा सञ्चालित हाम्रो बहुउद्देश्यीय कृषि सहकारी संस्थामा ताला लगाइएको केन्द्रका वरिष्ठ बाली संरक्षण अधिकृत मनोज पोख्रेलले जानकारी दिए। उनका अनुसार प्रधान एग्रोमा अनुमति प्राप्त व्यक्ति पसलमा नबसी नाबालकलाई पसलमा राखेर सञ्चालन गरेको र प्रयोग गर्ने समय सकिएका विषादीको बिक्री वितरण गरेको पाइएकाले सो पसलका सञ्चालकलाई एक साताभित्र कृषि कार्यालयमा सम्पर्क गर्न भनिएको छ । 

यस्तै हाम्रो बहुउद्देश्यीय कृषि सहकारी संस्थाले पनि तालिम प्राप्त व्यक्तिलाई पसलमा राखेर बिक्री वितरण नगरेको र विषादी बिक्रीका क्रममा आवश्यक सुरक्षा प्रविधि नअपनाएको पाइएकाले ताला लगाइएको हो ।

यस्तै अनुगमनका क्रममा जिल्लाको सदरमुकाम भरतपुरमा सञ्चालित एग्रोभेटमा प्रयोग गर्ने समय सकिएका विषादी बिक्री वितरणका लागि राख्ने गरेको, बिक्री गर्ने व्यक्तिले सुरक्षा प्रविधि नअपनाएको, नवीकरण नगरेको पाइएको उनले बताए । उनले भने, “मुख्य सहरी क्षेत्रमानै लापरबाही हुन्छ भने अन्य स्थानमा के होला”,  आज छ  एग्रोभेटमा अनुगमन गरिएको थियो ।

सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी शर्माले विषादीको बिक्री वितरणमा देखिएको कमजोरीलाई नियन्त्रण गर्न स्थानीय प्रशासनले ध्यान दिँदै आएको भए पछि गम्भीर खालाका त्रुटि भेटिनु गलत भएको बताए । विषादीको समुचित र न्यायोचित प्रयोगले मात्रै उत्पादन बढाउन सकिने भएकाले यसलाई निगरानी बढाउन आवश्यक रहेको उनले बताए। कृषि विकास कार्यालय चितवनका प्रमुख झलकनाथ कँडेलले माटो र मानव स्वास्थ्यलाई कसरी सुरक्षित राख्न सकिन्छ भन्ने विषयमा सबैले ध्यान दिन जरुरी रहेको बताए ।

प्रतिक्रिया दिनुहोस