९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

लखनउविरुद्ध हैदराबाद १० विकेटले विजयी

अ+ अ-

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटमा सनराइजर्स हैदरावादले १० ओभरमै खेल जित्दै इतिहास रचेको छ । बुधवार राति भएको खेलमा हैदरावादले  लखनऊ सुपर जायन्टसले दिएको १६६ रनको चुनौतीपूर्ण लक्ष्य ९.४ ओभरमा पूरा गरेको हो । जितसँगै हैदरावाद १२ खेलबाट १४ अंक बनाएर तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । रनरेटमा पनि सुधार गरेको हैदरावाद प्लेअफमा पुग्ने सम्भावना पनि अत्याधिक बढेको छ ।

टस जितेर पहिले ब्याटिङ गरेको पाहुना टोली लखनऊका निकोलस पुरन र आयुष बडोनीको उत्कृष्ट साझेदारीका कारण लखनउले हैदरावादलाई १६६ रनको चुनौतीपूर्ण लक्ष्य दिएको छ । हैदरावादका लागि  ओपनिङ ब्याट्सम्यानले यो लक्ष्य १० औं ओभरमा नै पुरा गरेर इतिहास रच्न सफल भए ।

पहिला ब्याटिङ गर्दा लखनऊ सुपर जाइन्ट्सले पावरप्लेको ६ ओभरमा २ विकेट गुमाएर २७ रन मात्र जोडेको थियो । ओपनर क्विन्टन डी कक २ रन बनाएर सुरुमै आउट भए भने मार्कस स्टोइनिस ३ रन बनाएर आउट भए । यी दुवै ब्याट्सम्यानलाई भुवनेश्वर कुमारले पभेलियन पठाए । कप्तान राहुलले मध्यक्रममा सुस्त पारी खेल्दै ३३ बलमा २९ रन मात्र बनाए । राहुलको महत्त्वपूर्ण विकेट प्याट कमिन्सले लिए । यसपछि २४ रनमा ब्याटिङ गरिरहेका क्रुणाल पाण्ड्या रनआउट भए । एक समय लखनउले ६६ रनमा ४ विकेट गुमाएको थियो भने आयुष बडोनी र निकोलस पुरनले ५औं विकेटका लागि अर्धशतकीय साझेदारी गरेका थिए ।

निकोलस पूरनले २६ बलमा ६ चौका र १ छक्का सहित ४८ रन बनाए भने आयुष बडोनीले ९ चौका प्रहार गर्दै ५५ रनको महत्त्वपूर्ण इनिङ खेले । यी दुई ब्याट्सम्यानबीच ९९ रनको उत्कृष्ट साझेदारी थियो । निर्धारित ओभरमा लखनऊले ४ विकेटको नोक्सानीमा १६५ रन बनायो । सनराइजर्स हैदरावादका भुवनेश्वर कुमारले सर्वाधिक दुई विकेट लिए भने प्याट कमिन्सले एक विकेट लिए ।

१६६ रनको लक्ष्य पछ्याउने क्रममा ट्राभिस हेड र अभिषेक शर्माले तुफानी पारि खेले । पावरप्लेको पहिलो ६ ओभरमा दुवै ब्याट्सम्यानले १०७ रन बनाएका थिए भने लक्ष्य ९.४ ओभरमा पुरा भएको थियो । 

अभिषेक शर्माले २८ बलमा ८ चौका र ६ छक्का सहित ७५ रन बनाए । अर्को छेउमा ट्राभिस हेडले ३० बलमा ८९ रन बनाए । हेडले आफ्नो इनिङ्समा ८ चौका र ८ छक्का प्रहार गरे । हेड र अभिषेकको अगाडि लखनउका सबै बलर प्रभावहीन साबित भएका थिए ।

आइपीएलमा आज राति पन्जाब किंग्स र रोयल च्यालेन्जर्स बेंग्लुरु आमने सामने हुने छन् । खेल पौने ८ बजे सुरु हुने छ ।

प्रतिक्रिया दिनुहोस