१५ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भारतको सहयोगमा बैतडीमा विद्यालय भवन बन्दै

अ+ अ-

काठमाडौँ । भारत सरकारको सहयोगमा बैतडीमा विद्यालय भवन निर्माण हुने भएको छ । ‘नेपाल–भारत विकास सहकार्य’ अन्तर्गत रु तीन करोडको आर्थिक सहयोगमा पाटन नगरपालिका–४ मा रहेको भीमेश्वर माध्यमिक विद्यालयको भवन निर्माण हुन लागेको हो ।

भवनको पाटन नगरपालिकाका प्रमुख गौरी सिंहरावल र भारतीय राजदूतावासका प्रथम सचिव अविनाशकुमार सिंहले  शुक्रबार संयुक्त रूपमा शिलान्यास गरे । 

भारत र नेपाल सरकारबीच भएको सम्झौताअन्तर्गत यस परियोजनालाई उच्च प्रभाव सामुदायिक विकास परियोजनाको रूपमा अघि बढाइने यहाँस्थित भारतीय राजदूतावासले जनाएको छ । भवन निर्माणका निम्ति पाटन नगरपालिकामार्फत कार्यान्वयन गरिनेछ । 

 त्यसअवसरमा नगरप्रमुख  रावलले नेपाली जनताको उन्नतिका लागि भारत सरकारले निरन्तर सहयोग गरेकामा कृतज्ञता ज्ञापन गरे । 

“बैतडीको पाटन नगरपालिकास्थित भीमेश्वर माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीका लागि गुणस्तरीय शिक्षा प्रदान गर्न नयाँ भवन उपयोगी हुनुका साथै यसले शिक्षणका लागि राम्रो वातावरण सिर्जना गर्नेछ । साथै यस क्षेत्रको शिक्षाको विकासमा पनि योगदान पुर्‍याउनेछ,” भारतीय दूतावासले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।  

विज्ञप्तिअनुसार सन् २००३ यता नेपालका विभिन्न क्षेत्रमा पाँच सय ५१ वटाभन्दा बढी उच्च प्रभाव सामुदायिक विकास परियोजना कार्यान्वयनमा छन् भने चार सय ९० वटा परियोजना सम्पन्न भइसकेका छन् । यी मध्ये सुदूरपश्चिम प्रदेशका विभिन्न स्थानमा ४० वटा परियोजना सञ्चालनमा छन् । 

प्रतिक्रिया दिनुहोस