९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘प्रथम कर्णाली हाफ म्याराथन’को उपाधि रावत र भण्डारीलाई

अ+ अ-

कर्णाली । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा आज सम्पन्न ‘प्रथम ज्ञान कर्णाली हाफ म्याराथन’को उपाधि नरेन्द्रसिंह रावत र पुष्पा भण्डारीले हासिल गरेका छन् ।

रावतले एक घण्टा ११ मिनेट २५ सेकेन्ड र भण्डारीले एक घण्टा २८ मिनेट १७ सेकेन्ड २१ किलोमिटर दूरी पार गरेका हुन् । पुरुषतर्फ दोस्रो हुने रामजी बस्नेतले एक घण्टा ११ मिनेट ४८ र तेस्रो हुने श्रीकेश राईले एक घण्टा १३ मिनेट २३ सेकेन्डमा उक्त दूरी पार गरेका छन् । 

त्यस्तै, महिलातर्फ हुने दोस्रो सिर्जना पाण्डेले एक घण्टा ३२ मिनेट ४३ सेकेन्ड र तेस्रो हुने राज्यलक्ष्मी रावलले एक घण्टा ३६ सेकेन्ड ४० मिनेटमा सो दूरी पार गरेकी थिइन् । प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने महिला तथा पुरुष खेलाडीहरूलाई क्रमशः रु ५५, ३० र २० हजार पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिएको छ । 

पुरुष सबै नेपाली सेना रहेका छन् । महिलातर्फ भण्डारी सशस्त्र प्रहरी, पाण्डे नेपाली सेना र रावल जुम्लाका रहेका छन् । विजयी पुरुष तथा महिला खेलाडीलाई कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले पुरस्कारसहित ट्रफी प्रदान गरेका थिए । 

पाँच किलोमिटर छात्रतर्फ प्रथम अजय विश्वकर्मा, द्वितीय नवराज बानियाँ तृतीय रमेश बुढा र छात्रातर्फ प्रथम विमला कार्की, दोस्रो पूर्णिमा बुढाथोकी, लक्ष्मी शाही तृतीय भएकी थिइन् । प्रथम, द्वितीय र तृतीय हुन सफल छात्र तथा छात्रालाई क्रमशः रु १०, सात र पाँच हजार नगद तथा प्रमाणपत्र प्रदान गरिएको छ । 

त्यस्तै, आजै सम्पन्न हाफ म्याराथन प्रतियोगितामा ४५ वर्षमाथिका खेलाडीमा प्रथम काठमाडौँका धर्म महर्जन, द्वितीय रेवत दाहाल र तृतीय गङ्गबहादुर पुनमगर भएका छन् । उनीहरूलाई क्रमशः रु १५, १० र पाँच हजार पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिएको ‘प्रथम कर्णाली हाफ म्याराथन’का संयोजक देवकुमार सुवेदीले जानकारी दिए । 

सो म्याराथनको व्यवस्थापन क्रियटिभ गञ्ज मिडिया एन्ड इभेन्ट म्यानेजमेन्टले गरेको थियो । कर्णालीको दौड संस्कृतिको विकाससँगै पर्यटन प्रवर्द्धन गर्न तथा यहाँका स्थापित धावकलाई प्रोत्साहन गर्ने उद्देश्यले आयोजना गरिएको उक्त प्रतियोगितामा एक हजार बढीले भाग लिएको आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस