७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राप्तीसोनारीमा फैलिएको झाडापखालाबाट २९ जना बिरामी 

अ+ अ-

बाँके । बाँकेको राप्तीसोनारी गाउँपालिका-१ खोकरी कुसुममा झाडापखाला फैलिएको छ । एक्कासी फैलिएको झाडापखालाबाट गाउँका २९ जना बिरामी परेका छन् ।

बिरामीमध्ये सात जनाको अवस्था गम्भीर रहेको स्वास्थ्य कार्यालय बाँकेका प्रमुख अङ्गदबहादुर शाहीले जानकारी दिए । कुसुम स्वास्थ्य चौकी इन्चार्ज अमृत महतराका अनुसार खोकना कुसुममा झाडापखाला फैलिएको जानकारी आउनसाथ स्वास्थ्य चौकीबाट पाँच जना स्वास्थ्यकर्मीको टोली परिचालन गरी उपचार भइरहेको छ । बिरामीमध्ये सात जनाको अवस्था गम्भीर रहेको उनले बताए । 

पानी शुद्धीकरण गर्ने औषधि तथा पखालाका अन्य औषधिसहित स्वास्थ्यकर्मीको टोली प्रभावित क्षेत्रमा परिचालन गरिएको स्वास्थ्य शाखाले जनाएको छ । अत्यधिक गर्मी, दूषित पानी र खानेपानीमा केही गडबडी भएकाले सो गाउँमा झाडापखाला फैलिएको जनाइएको छ ।

झाडापखाला लागेका बिरामीको अवस्था सुधार हुँदै गएको भन्दै जिल्लाबाट प्रभावित क्षेत्रमा थप स्वास्थ्यकर्मी औषधिसहित परिचालन गर्ने तयारी भइरहेको स्वास्थ्य कार्यालय प्रमुख शाहीले बताए । 

प्रतिक्रिया दिनुहोस